बुटवल: निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ४८ मजदुरको स्वास्थ्य परीक्षण 



Download our app to get more features

रुपन्देही १७ चैत । बुटबल औद्योगिक क्षेत्र उद्योग संघ तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको संयुक्त आयोजनामा निशुल्क एकदिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शनिवार सम्पन्न शिविर बुटवल १० रामनगरस्थीत औैद्योगिक क्षेत्रमा संचालित उद्योगमा कार्यरत मजदुरहरुलाई लक्षित गरि आयोजना गरिएको हो । 

शिविरमा ४ सय ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ । शिविरको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरहरुलाई लक्षित गरि आयोजना गरिएको शिविरबाट मजदुर वर्ग लाभान्वित भएको बताए । नगरप्रमुख सुवेदीले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विभिन्न संघसंस्थाहरुको सहकार्यमा संचालन गरेका निशुल्क शिविरबाट नागरिकहरुमा स्वास्थ्यप्रति सचेतना समेत बढाएको भन्दै उपमहानगरपालिकाबाट पनि यस्ता कार्यहरुमा आवश्यक सहयोग रहने प्रतिवद्धता जनाए । 

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष तथा औद्योगिक क्षेत्र उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले मुटु अस्पतालले सुरुवातमा मुटु रोगको उपचार शुरु गरेपनि अहिले अस्पतालले हरेक खालको उपचार गराउदै आएको जानकारी गराए । कार्यक्रममा अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र बुटबल औद्योगिक क्षेत्र उद्योग संघबीच पांचबुँदे सहमति समेत भएको छ । औद्योगिक क्षेत्रमा संचालनमा रहेको निशुल्क क्लिनिकलाइ मुटु अस्पतालले प्राविधिक सहयोग गर्ने र दैनिक रुपमा आवश्यक चिकित्सक व्यवस्थापन गर्ने लगायतका सहमति भएको जनाइएको छ । 

कार्यक्रममा अस्पतालका निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर समिर गौतम, संघका अध्यक्ष हिरामणि भट्टराई, उपाध्यक्ष उपेन्द्र अग्रवाल, सचिव नेत्रनारायण भण्डारी लगायतले आफ्नो भनाइ राखे । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts