भोलिबाट गोदानको पुन अनिश्चितकालीन स्वास्थ्य सेवा वहिष्कार



Download our app to get more features

काठमाडौं, २१ चैत । सरकारी चिकित्सक संघ नेपाल (गोदान) भोलिबाट पुन आन्दोलनमा उत्रने भएको छ । 

सरकारले असमान कर्मचारी समायोजन गरेको भन्दै गोदानले यसअघि अनिश्चितकालीन स्वास्थ्य सेवा वहिष्कार लगायतको आन्दोलन गर्दै आएको थियो ।

गत फागुन १८ गते भने राज्यको सर्वोच्च कार्यकारी प्रमख लगायतका उच्च नेतृत्वबाट संघको मागअनुसार नै कर्मचारी समायोजन हुने भनिएपछि आन्दोलन स्थगन गरिएको थियो । 

तर, सरोकारवाला मन्त्रालयले प्रधानमन्त्री समेतको प्रतिवद्धतालाई लत्याएर सहमति विपरित चिकित्सहरुलाई असमान समायोजन गरेको भन्दै गोदानले पुन आन्दोलनको निर्णय गरेको हो ।

स्थगन गरिएको आन्दोलन बारा–पर्साको आँधीहुरी प्रभावित क्षेत्रमा बाहेक सबै ठाउँमा शुक्रबारबाट पुन सुचारु गर्ने गोदानले बतायो ।

यससँगै गोदानले  स्थानीय तहमा समायोजन गरेर बलजफ्ती  कनिष्ठ कर्मचारी मातहत राख्ने व्यवस्था गरेकोलगायतका विषयको विरोध गर्दै बुधबार आकस्मिक बैठकबाट ६ ओटा निर्णय गरेको छ । 

सोही निर्णयअनुसार यसअघि हुने भनिएको संघको साधारण सभा तथा नयाँ कमिटी गठन लगायतका प्रक्रिया अर्को सुचना नआए सम्मका लागि स्थगन गरिने भएको छ । 

गादोनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ‘अन्नायपूर्ण समायोजन प्रक्रियाको विरोधमा  कुनै पनि सरकारी चिकित्सकले समायोजन पत्र नबुझ्ने र आन्दालनेमा सक्रिया भएर सहभागी हुने ।’

गोदानले बाँकी रहेका चिकित्सकहरुले सामुहिक राजिनामा तत्काल संकलन गर्ने र सरकार समक्ष बुझाउनेसहितको ती निर्णय गरेको हो ।  

हेरौं विज्ञप्ति


 

Last modified on 2019-04-05 08:20:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts