सरकारी चिकित्सकहरुको माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको आग्रह



Download our app to get more features

काठमाडौं, २१ चैत । नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरुको  माग तत्काल सम्बोधन गर्न सरकारसमक्ष जोडदार माग राखेको छ । 

सरकारी चिकित्सकहरुले कर्मचारी समायोजनप्रति असन्तुष्ट व्यक्त गर्दै पुन आन्दोलनको घोषणा गरेकोप्रति नेपाल चिकित्सक संघले ऐक्यवद्धता समेत जायर गरेको छ । 

संघद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यारत चिकित्सकहरुलाई राज्यले मानमर्दन गर्ने, वेवास्ता गर्ने कार्य दुर्भाग्य पूर्ण रहेको संघको ठहर छ । 

यस्ता कार्यले चिकित्सकहरुको मनोबल घटाउने भन्दै  संघले समास्याको यथासिघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

Last modified on 2019-04-05 08:19:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts