अत्यावश्यकीय सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने सरकारको निर्णयः के गर्ला गोदानले ? 



Download our app to get more features

काठमाडौं, २२ चैत । अबदेखि अत्यावश्यकीय सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने भएको छ । गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको हो ।

सिंहदरबारमा बिहीबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तामन्त्री गोकुल बास्कोटाले अस्पताल एम्बुलेन्स सेवामा, टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यासमा हड्ताल गर्न नपाइने निर्णय गरेको बताए ।  

साथै औषधि उत्पादन फोहोर मैला व्यवस्थापन विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा अवदेखि हड्ताल गर्न नपाइने गरी निर्णय गरेको भन्दै यसबारे छिट्टै राजपत्रमा सूचना प्रकाशित गर्ने जानकारी दिए । 

तर, निर्णय भएको हप्ता दिन नवित्दै सरकारी चिकित्सक संघ नेपालले भने अनिश्चितकालीन स्वास्थ्य सेवा वहिष्कारको घोषणा गरेको छ । 

प्रधानमन्त्री समेतको प्रतिवद्धतालाई लत्याएर सहमति विपरित चिकित्सहरुलाई असमान समायोजन गरेको भन्दै गोदानले पुन आन्दोलनको निर्णय गरेको हो । 

स्थगन गरिएको आन्दोलन बारा–पर्साको आँधीहुरी प्रभावित क्षेत्रमा बाहेक सबै ठाउँमा आजबाट पुन सुचारु गर्ने गोदानले बताएको छ । 

अन्नायपूर्ण समायोजन प्रक्रियाको विरोधमा  कुनै पनि सरकारी चिकित्सकले समायोजन पत्र नबुझ्ने र आन्दालनेमा सक्रिया भएर सहभागी  हुने गोदानको निर्णय छ ।

 गोदानले बाँकी रहेका चिकित्सकहरुले सामुहिक राजिनामा तत्काल संकलन गर्ने र सरकार समक्ष बुझाउनेसहित ६ वटा निर्णय गरेको छ ।

गोदानले गरेको उक्त आन्दोलनमा नेपाल चिकित्सक संघले पनि समर्थन जनाएको छ। 

सरकारले स्वास्थ्य क्षेत्रमा पनि कुनै किसिमको हड्ताल गर्न नपाइने निर्णय गर्दागर्दै सरकारी चिकित्सक भने अझै शशक्त ढंगबाट आन्दोलनमा उत्रने तयारी गरिरहेका छन् ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गर्दा मानिसको ज्यान नै खतारमा जानसक्ने आम गुनासो समेत छ ।

सरकारको निर्णयलाई वेवास्ता गरेर कर्मचारी समायोजनमा असन्तुष्ट जनाएका सरकारी चिकित्सक आन्दोलनमा उत्रन्छन् या उत्रदैनन्  होला, यो आम मानिसको चासोको विषय बनेको छ । 

Last modified on 2019-04-06 06:05:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts