नयाँ अनुसन्धानः ६३ प्रतिशत क्यान्सर रोगी काठमाडौंमा, पुरुषमा फोक्सो र महिलामा स्तन क्यान्सर बढि



Download our app to get more features

काठमाडौं, २५ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले एकवर्ष लगाएर गरेको क्यान्सर सर्वेक्षणको तथ्यांक सार्वजानिक गरेको छ । सोमबार सार्वजानिक गरिएको अनुसन्धानको प्रतिवेदन अनुसार काठमाडौंमा सबैभन्दा धेरै ६३ प्रतिशत क्यान्सरका बिरामी रहेको पाइएको छ ।

त्यस्तै ललितपुरमा २१ प्रतिशत र भक्तपुरमा १६ प्रतिशत क्यान्सर रोगी रहेको पाइएको छ । परिषदले भौगोलिक क्षेत्र अनुसार गरेको अनुसन्धानमा ९ जिल्लामा जनसंख्याको आधारमा क्यान्सर रजिस्ट्री सरु गरे अनुसार तीन जिल्लाको तथ्यांक आएको हो । काठमाडौं,भक्तपुर, ललितपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, पश्चिम रुकुम र पूर्वी रुकुममा क्यान्सर रजिस्ट्री सुरु गरिएको हो । सन् २०१८ जनवरीदेखि मे महिनासम्म काठमाडौं उपत्यकाका बासिन्दामा देखापरेको क्यान्सरको तथ्यांक अनुसार यसक्षेत्रमा सात सय दुई जना नयाँ बिरामी देखा परेका छन् । जसमध्ये सबैभन्दा धेरै ७० देखि ७४ वर्ष उमेर समुहका छन् । यस अवधिमा काठमाडौं उपत्यकामा तीन सय २३ पुरुष र तीन सय ७९ महिलामा क्यान्सर पाइएको छ ।

पुरुषमा फोक्सो र महिलामा स्तन क्यान्सर पहिलो

पुरुषमा बढि फोक्सोको क्यान्सर भएको पाइएको छ भने दोस्रोमा मुख तथा ओठको क्यान्सर । त्यसैगरी पुरुषमा आन्द्रा तथा गुदद्धारको क्यान्सर तेस्रो नम्बरमा देखिएको छ । महिलामा भने स्तन क्यान्सरको स्थान पहिलो छ । त्यसैगरी दोस्रोमा फोक्सोको क्यान्सर र तेस्रोमा पाठेघरको क्यान्सरबाट महिला पीडित रहेको तथ्यांकले देखाएको छ। विभिन्न जातजातिमध्ये काठमाडौं उपत्यकामा नेवार जातीमा क्यान्सरको प्रकोप सबैभन्दा बढि ३९ प्रतिशत पाइएको छ ।त्यसैगरी दोस्रोमा ब्राहमण क्षेत्रीमा ३७ प्रतिशत र तेस्रोमा अन्य जनजाति १९ प्रतिशत क्यान्सरका बिरामी रहेको पाइएको छ । जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री कार्यक्रमलाई यथाशीघ्र हरेक जिल्लामा विस्तार गनुपर्ने परिषदले सुझाएको छ । जसले आगामी दिनमा क्यान्सर रोगको भार नेपालका कुन क्षेत्रको वासिन्दामा कति छ भनेर सहि तथ्याकं उपलब्ध गराउन सकियोस् । क्यान्सरको रोकथाम तथा उपचारसम्बन्धि नीतिनिर्माण तथा कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा अगाडि बढ्नुपर्नेमा पनि परिषदले जोड दिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामा वैज्ञानीकहरुकोें पाचौं शिखर सम्मेलन

 स्वास्थ्य अनुसन्धान परिषदले १० वटा अनुसन्धान गरेको छ । सोमवार एक कार्यक्रमकाबीच सबै अनुसन्धानको प्रतिवेदन सार्बजनिक गरेको छ । उक्त कार्यक्रममा बोल्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जति बिरामीको लागि उपचार महत्वपूर्ण छ त्यति नै अनुसन्धानको पनि जरुरी रहेको बताए । उनले नीीतनिर्माण गर्न अनुसन्धानले सघाउ पुर्याउने भन्दै स्वास्थ्य अनुसन्धान परिषदले गरेको कामको प्रशंसा गरे । साथै स्वास्थ्य तथा जनसंख्यमा वैज्ञानीकहरुकोें पाचौं शिखर सम्मेलन चैत २७ गतेदेखि २९ गते सम्म हुने भएको छ । परिषदका कार्यकारी प्रमुख डा. अन्जनि कुमार झाका अनुसार उक्त सममेलनमा एक हजार भन्दा बढि स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहनेछ । सम्मेलन चैत २७ देखि २९ गतेसम्म राजधानीमा हुनेछ ।

Last modified on 2019-04-08 19:15:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts