स्वास्थ्य बीमाको तीन वर्षः ४२ जिल्लाका जम्मा १६ लाख मानिस बीमाको पहुँचमा



Download our app to get more features

काठमाडौं, २५ चैत । महत्वकांक्षी मानिएको नेपालको स्वास्थ्य बीमा कार्यक्रमले तीन वर्ष पूरा गरेको छ । तीनवर्ष अवधिमा बिमितको संख्या भन्ने बल्लतल्ल १५ लाख नाघेको छ । 

यो वर्षसमेत गरि ४२ जिल्लामा विस्तार भएको बीमा कार्यक्रममा हल्ला बढि गरिएपनि बीमा गराउनेहरुको संख्या भने न्यून भएको हो ।

सोमबार आयोजित वार्षिकोत्सव कार्यक्रममा गराइएको जानकारी अनुसार बीमा गराएका मध्ये महिलाको संख्या धेरै भएको पाइएको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार बीमा गर्नेमा ५३ प्रतिशत महिला छन् भने पुरुष ४७ प्रतिशत रहेका छन् । साथै ८.५१ प्रतिशत विपन्न परिवार रहेका छन् ।

विपन्न परिवारको बीमा निःशुल्क गर्ने गरिएको छ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ मूल नारासहितको वार्षिकोत्सव कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्यमन्त्री यादवले तीन वर्षमा १५ लाखको संख्यामा बीमित पुर्याउनु खुशीको कुरा रहेको बताउँदै बीमाबारे अझै नयाँ अभ्यास गरिनुपर्ने बताए ।

उनले कुल जनसंख्याको ६० प्रतिशतलाई बिमाको दयाराभित्र ल्याउनुपर्ने दाबी गरे । 

स्वास्थ्यमन्त्री यादवले भने ‘कुल जनसंख्याको ६० प्रतिशतलाई बिमाको दयाराभित्र ल्याएमा मात्रै आमजनतालाई उपचारमा सहज हुन्छ ।’ उनले बीमितको संख्या बढाउन अस्पतालको गुणस्तरीय उपचारको आवश्यक्ता रहेको बताए ।  
कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसादले हालसम्म ४२ वोटा जिल्लामा स्वास्थ्य बीमाका कार्यक्रमम पुर्याएको बताउँदा अब चाडै ७५ वोटै जिल्लामा पुर्याउने जानकारी दिए ।

सरकारले स्वास्थ्य बीमालाई सशक्त ढंगबाट अगाडि बढाउन वार्षिक, आर्थिक र दीर्घकालीनरुपमा अन्तर्राष्ट्रिय अभ्यास गराउनुपर्ने डा. शंकरको भनाइ थियो ।

साथै उनले मानवीय संसाधन पनि बढ्दै जाने हुँदा भौतिक पूर्वाधारको समेत अभाव भएकाले काम गर्न गाह्रो  भएको गुनासो गरे ।
 

Last modified on 2019-04-09 18:52:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts