हाम्रो डाक्टरमा चिकित्सक र अस्पतालले आफ्नो विवरण आफै राख्न सक्ने

What's This?


Download our app to get more features

नेपालकै पहिलो स्वास्थ्य सम्बन्धी समाचार र विवरण राखिएको 'हाम्रो डाक्टर' मोबाइल एप र हाम्रो डाक्टर डटकममा अस्पताल र चिकित्सक आफैले आफ्नो विवरण राख्न सक्ने भएका छन् ।


'हाम्रो डाक्टर' मोबाइल एपको शीघ्र प्रशारणको तयारीमा रहेका बेला वेभपेजको परीक्षण प्रसारण भने सुरु भैसकेको छ । वेभपेजलाई नेपालकै सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धी 'डाटा बेस' बनाउने अभियानमा रहेको हाम्रो डाक्टरले स्वास्थ्य सेवा प्रदायकहरुलाई सहज बनाउन यो व्यवस्था गरेको जनाएको छ । पेजमा स्वास्थ्य सम्बन्धी समाचारका साथै देशभर रहेका अस्पतालको विस्तृत विवरण रहने छ । पेजको दायाँ छेउमा रहेको 'एड हस्पिटल' र 'एड डाक्टर'मा गएर विवरण अपलोड गर्न सकिने छ । सो विवरणका आधारमा सर्वसाधारणले चिकित्सक, अस्पताल, एम्बुलेन्स, रक्तदाता तथा अन्य स्वास्थ्य सेवा प्रदायकका बारेमा जानकारी पाउनेछन् । साथै एप र वेभपेजमा स्यवंसेवी रक्तदाताहरुले आफ्नो रक्तसमूह सहितको विस्तृत विवरण अपलोड गर्न सक्नेछन् । जसका आधारमा रगत चाहिएको अवस्थामा सबैले यस पेज र वेभसाइट मार्फत सम्पर्क गर्न सक्नेछन् ।   एप र वेभपेजका मार्फत प्रयोगकर्ताले आफुलाई मन लागेको चिकित्सक, अस्पताल, रोग तथा उपचार पद्धतिका बारेमा थाहा पाउने हाम्रो डाक्टरका प्रधानसम्पादक उद्धवराज भेटुवालले जानकारी दिनुभयो ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts