प्रदेश नं ५ का ८ जिल्लाका १३ प्रतिशतले गरे स्वास्थ्य बीमा, सबैभन्दा बढी पाल्पामा 



Download our app to get more features

रुपन्देही, २५ चैत ।  प्रदेश नं ५ का १२ जिल्लामध्ये स्वास्थ्य बीमा लागू भएका ८ जिल्लामा  मात्रै १३ प्रतिशत बीमित छन् ।

 त्यसमध्येमा सबैभन्दा बढी पाल्पामा ५ लाख ७१ हजार ९ सय ३६ मध्ये २९ हजार ५ सय ४९ जना मानिसले बीमा गराएका छन् । 

२०६८ को जनगणनाअनुसार प्रदेश नं ५ का  स्वास्थ्य बिमा लागु भएका जिल्लाहरुमध्ये अर्घाखाँची १ लाख ९७ हजार ६सय ३२ जना मध्ये २६ हजार ८८ जना बीमित भएका छन् । साथै बाँकेमा  ४ लाख ९१ हजार ३ सय १३ मध्ये ३८ हजार ८२ जना स्वास्थ्य बीमामा सहभागि छन् ।

त्यसैगरी,  बर्दियामा ४ लाख २६ हजार ५सय ७६ जना मध्ये ६६ हजार ७सय ४९ जना, पुर्वरुकुममा ५३  हजार १८ मध्ये २९सय ७८जना, कपिलबस्तुमा २ लाख ६१ हजार १सय ८० मध्ये १ लाख २० हजार ५सय २० बीमाको पहुँचमा छन् ।  

प्युठानमा भने २ लाख २८ हजार १ सय २ मध्ये २४ हजार  र रोल्पामा २ लाख २४ हजार ५सय ६ मध्ये २२ हजार ५सय ६ जना स्वास्थ्य बीमामा सहभागी रहेका छन् ।

८ जिल्लाको कुल जनसंख्या को  १२ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी छन् । स्वास्थ्य बिमाको तेस्रो वार्षिकोत्सवका अवसरमा बुटबलमा आयोजित कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड प्रदेश नं ५ मा प्रमुख  मनोज पौडेलले  उक्त जानकारी दिएका हुन् ।

उनले स्वास्थ्य बीमाबाट १५ करोड १३ लाख ५१ हजार बढी  रुपियाँ  प्रिमियम संकलन भएको समेत बताए । पौडेलले २०२० सम्म ५० प्रतिशतको लक्ष्य भएपनि विभिन्न समस्याको कारण त्यो पुरा हुन नसक्ने दाबी गरे । 
उनले जनशक्तिको अभाव, सबै ठाउँमा चौबिसै घन्टा खुल्ला फार्मेसी नहुनु, सेवा लिन आउनेलाई पायक  पर्ने ठाउँमा सेवा प्रदायक संस्था नहुनु, बिमा बोर्ड दिएका उपकरण प्रयोगमा नआउनु  लगायतका समस्या रहेको बताए ।  
आगामी वर्षदेखि निजी अस्पताललाई पनि  सेवाप्रदायक संस्थाका रुपमा सहकार्यमा जाने, अति गरिबलाई बिमा बापत तिर्ने शुल्क निशुल्क बनाईदिने, कर्मचारी जनप्रतिनिधि लगायतलाई बीमाको बारेमा जानकारी गराउने बोर्डले बतायो ।

हाल २५ सय रुपैंयामा एक बर्ष ५ जना परिवारका लागि बीमा हुने गरेको भन्दै उनले भने ‘अउँदो साउनदेखि त्यसको रकम वृद्धि  गरी ३ हजार ५ सय हुने गरी नियमावली तयार  भएको छ ।’ बोर्डका अनुसार बाँकी जिल्ला गुल्मी रुपन्देही  दाङ पश्चिम नबलपरासीमा आर्थिक बर्षको साउनदेखी स्वास्थ्य बीमा लागु  गरिने छ ।

कार्यक्रममा बोल्दै बिमा बोर्डका शाखा अधिकृत खगराज अधिकारीले कार्यक्रम आइटीम आधारित भएकाले सेवाप्रदायक निकायलाई बुझ्न केही समस्या रहेको बताए । उनले भने ‘तालिम तथा अन्य  माध्यमबाट सेवा प्रदायक निकायलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts