डाउन सिन्ड्रोम रोग होइन 



Download our app to get more features

काठमाडौं । मानव शरीरका कोषहरूमा २३ जोडी क्रोमोजोम हुन्छन् । २१ नम्बरको क्रोमोजोम जोडी नभएर तीन वटा हुँदा डाउन सिन्ड्रोम हुन्छ । यसरी एउटा क्रोमोजोम बढी भएको बच्चामा डाउन सिन्ड्रोमको लक्षण देखिन्छ । यसलाई कतिपयले देवीदेवताको श्राप ठानेर धामीझांक्री र देवीदेवताको मन्दिरमा भौतारिने पनि गर्छन । तर, यो रोग होइन शारीरिक अवस्था हो ।

डाउन सिन्ड्रोम हुँदा बालबालिकाको कद कम हुनेदेखि गम्भीर मानसिक सुस्तता सम्म देखिन्छ । यस्ता बालबालिकाको लालनपालन निकै कठीन हुने गर्छ । डाउन सिन्ड्रोम भएका बच्चामा मुटु सम्बन्धी रोग, रक्तक्यान्सर जस्ता गम्भीर रोग देखिन सक्छ । डाउन सिन्ड्रोम बच्चा जन्मिनुअघि नै हुने भएकाले यसको कुनै उपचार छैन । तसर्थ, बच्चा जन्मिनु अघि नै यसबारे जानकारी लिन स्क्रिनिङ गर्ने गरिन्छ । मानव शरीरमा सामान्यत ४६ वटा क्रोमोजोम हुन्छन् । डाउन सिन्ड्रोम अवस्थामा भने ४७ ओटा क्रोमोजोम हुन्छन् । जसले मानिसलाई शारीरिक रुपमा अशक्त बनाउँछ ।

डाउन सिन्ड्रोम तीन प्रकारका हुन्छन्

—ट्राईसोमी (२१)

—ट्रान्स लोकेसन

—मोजियाक

यसकारण हुन्छ डाउन सिन्ड्रोम

वंशाणुगत गुण : यो अभिभावकको (आमाबाबु) कारणले हुनसक्छ । ३५ वर्षपछि गर्भवती भई जन्मेका बालबालिकामा डाउन सिन्ड्रोमको सम्भावना बढी हुन्छ । यसरी जन्मेका कुल बालबालिका मध्ये ८० प्रतिशतमा यो सम्भावना हुन्छ ।

एमिनोयोसेन्टेसिस् र कोरियोनीकभिल्स स्याम्पल परीक्षणका साथै परक्युटानियस ब्लड स्यामप्लिङ्ग गरेर डाउन सिन्ड्रोम गर्भास्थामा नै थाहा पाउन सकिन्छ ।जन्मपछि यदि चिकित्सकले बच्चाको विकास र शारीरिक लक्षण डाउन सिन्ड्रोम जस्तो लागेमा रगत परीक्षण गर्नु पर्छ । जसलाई क्यारियोटाईपिङ परीक्षण भनिन्छ ।

(परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको सहयोगमा निशा शर्माको प्रस्तुति)

Last modified on 2019-04-09 18:51:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts