सरकारी चिकित्सकको आन्दोलनलाई लिएर नेपाल चिकित्सक संघ बोल्यो, छलफल आह्वान



Download our app to get more features

काठमाडौं, २७ चैत । नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरुको समायोजनका सम्बन्धमा विस्तृत छलफल गर्न भन्दै राजधानीको निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सक सहित स्वास्थ्य संस्थाहरुको प्रतिनिधिलाई बोलाएको छ ।

समायोजन प्रति असहमति राख्दै सरकारी चिकित्सक संघले अस्पतालको आकस्मिक बाहेकका सेवा समेत ठप्प पारेको एकसातापछि बल्ल नेपाल चिकित्सक संघ तातेको हो । संघले छलफलका लागि उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज लगायतका चिकित्सा पेशासँग सम्लग्न सम्पूर्ण स्वास्थ्य संस्थाहरुका प्रतिनिधिहरुलाई बोलाएको हो । बिहीवार हुने छलफल संघको कार्यालय प्रदर्शनीमार्ग हुने विज्ञप्ति जारी गर्दै संघले जनाएको छ ।

साथै, वीर अस्पतालमा सरकारी चिकित्सकहरुले गरेको विरोध कार्यक्रममा प्रहरीद्वारा चिकित्सकहरुमाथि गरिएको धरपकड र हातपातप्रति नेपाल चिकित्सक संघले भत्र्सना व्यक्त गरेको छ । समायोजनका सम्बन्धमा उत्पन्न समस्याको उचित समाधान वार्ता र संवादबाट गर्नुपर्ने संघले जोड दिएको छ ।

नेपाल सरकारका जिम्मेवार व्यक्तिहरुले चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकलाई प्रहरी लगाई धरपकड गर्ने जस्ता क्रियाकलापलाई प्रसय दिएको संघले आरोप लगाएको छ ।

Last modified on 2019-04-11 12:59:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts