कडा रोग लागेको सिफारिस ल्याए मात्रै डाक्टरहरुको समायोजनमा हेरफेर गरिनेः मन्त्री पण्डित



Download our app to get more features

कैलाली, २८ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कडा रोग लोगेको कर्मचारीले मेडिकल बोर्डको सिफारिस लिएर आए समायोजनमा हेरफेर हुनसक्ने बताएका छन् ।

उनले मन्त्रालयले जारी गरेको सुचनामा मेडिकल बोर्डमा एक हजार तिरेर झुटो सिफारिस लिएर करिब ८ सय जना डाक्टरले उजुरी दिएको बताए ।

मन्त्री पण्डितले सरकारी डाक्टरहरुको माग संविधान र संघियता विरोधि भएको भन्दै  डाक्टरहरुको यो मागको लागी आन्दोलन नभएर रडाको भएको आरोप लगाए ।
 
कार्यक्रर्ता भेटघाट तथा सुदूरपश्चिम प्रदेश भ्रमणको सिलशिलामा धनगढी पुगेका मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारी वा डाक्टरलाई सरकारले कारबाही गर्ने प्रक्रिया समेत अगाडी बढाई सकेको चेतावनी दिए ।

सरकारले खटाएको ठाउँमा जानै पर्ने भन्दै उनले भने ‘सबै सरकारी डाक्टरले संघ रोजेर काठ्माडौमा घुम्न दिने छैन्, प्रदेश र स्थानिय तहमा जाँदैनौ संघ बाहेक अन्त्य जादैनौ भन्ने  डाक्टरको माग छ त्यो संघियता र संविधान विरोधी हो ।’

मन्त्री पडिण्तले थपे ‘सरकार त्यस्ता संविधान विरोधी क्रियाकलापमा नलाग्ने र यदि कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्नुस गुनासो सुनुवाई समिति छ, जाएज गुनासोमा हामी सम्बोधन गर्न तयार छौ अन्यथा सरकार एक कदमपनि तलमाथि हुने वाला छैन् ।’

गुनासो सुनुवाई समितिमा समायोजन प्रक्रियामा चित्त नबुझेको भन्दै थुप्रै जुरुरी परेको र त्यसको छानविन १२ ओटा टोलिले गरीहरको मन्त्री पण्डितले बताए । उनले गुनासो सुनुवाई समितिमा परेका ६० प्रतिशत उजुरीहरु मनको बह पोख्नेमात्रै भएको दावि गरे । बिशेष अवस्था र परिस्थितीमा मात्रै समायोजनमा हेरफेर हुने उनको भनाई छ ।

उनले ति सबै उजुरी मध्ये साढे तिन सयलाई मात्र रोग लागेको बाकी साढे चार सय कर्मचारीले नक्कली सिफरीस पेश गरेको भन्दै मन्त्रालयले आफैले डाक्टर राखेर चेक जाच सुरु गरेको बताए । 

उनले कर्मचारी समायोजनका नाममा कर्मचारीले तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह बृद्धि गरेर समायोजन गर्न सक्ने ढोका खुल्ला रहेको स्पष्ट समेत पारे ।

Last modified on 2019-04-11 13:01:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts