पटुका बान्न नजानेकै कारण महिलाको आङ खस्ने, कसरी बान्ने ?



Download our app to get more features

काठमाडौं, २९ चैत । सुत्केरी भएको अवस्थामा पटुका बान्दा महिलाहरु सहज महशुस हुने बताउँछन् ।

तर, त्यस अवस्थामा पाठेघर खुकुलो हुने हुँदा पटुका बान्न नजानेका कारण आङ खस्ने जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रतिले बताइन् । उनले पटुका बान्दा तलबाट माथि बान्नुपर्ने सुझाव दिइन् । ‘पटुका बान्न नजानेर महिलाको आङ खस्ने समस्या आएको समेत पाइयो, यसकारण पटुका बान्दा माथिबाट तल नबाँधि तलबाट माथि बान्नुपर्छ ।’

पटुका बान्दा घातक नहुने तर बान्न जानेमा आङ खस्ने समस्या नहुनुका साथै सुत्केरीलाई ढाडस मिने डा उप्रतिले बताइन् ।

‘यससँगै आङ खसेका महिलाका नजिक आम मानिस नजाने, घृणा गर्ने, महिलालाई दासका रुपमा प्रयोग गर्ने लगायतका कारण पनि महिला अझै पीडित भइरहेका छन् ।’, उनले थपिन् ।

सुदुरपश्चिममा गरेको अध्ययनअनुसार  ८० प्रतिशत महिलाको पटुका बान्न नजानेका कारण आङ खसेको पाइएको छ । साथै सानै उमेरमा धेरै बच्चा जन्माउनाले, सुत्केरिको अवस्थामा उच्च किसिमका तौल बोक्नाले, टुक्रक्क बस्नाले, धेरै खोकिरहने र धुम्रपान गर्नाले, पोषणको कमिका कारण आङ खस्ने समस्या हुने डा. उप्रति बाताउँछिन् ।

उनकाअनुसार महिलालाई स्वास्थ्य सेवाबारे जानकार नहुँदा र लाजका कारण झन् यो समस्याले विकराल अवस्था सृजना भइरहेको छ ।

Last modified on 2019-04-12 09:15:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts