लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकले गरे चौरमै बसेर उपचार (फोटोफिचर)



Download our app to get more features

रुपन्देही, २९ चैत ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत चिकित्सकहरुले चौरमै बसेर बिरामीको उपचार गरेका छन् । 

कर्मचारी समायोजनमा असन्तुष्टी जनाउँदै विगत ८ दिन देखी आन्दोलनरत सरकारी चिकित्सकहरुले आन्दोलन स्वरुप चौरमै बसेर उपचार सेवा दिएका हुन् ।  

हड्तालका कारण बिरामीलाई समस्या नहोस् भनेर बुटबलका चिकित्सकहरुले चौरमै  बसेर बिरामीहरुको परीक्षण गरेका थिए ।

 ‘हामी  आन्दोलनमा छौं तर बाहिरबाट आएका बिरामीलाई समस्या नहोस भनेर चेकजाच गरेका हौं’, एक चिकित्सकले भने ।

उनकाअनुसार अस्पतालबाट दैनिक दिइने सेवा रोकिएको छैन । चिकित्सकहरुले बिरामीको परीक्षण पछि आएका रिर्पोट समेत बाहिरै बसेर हेर्ने गरेका छन् । 

५ सय भन्दा बढी बिरामीको चौरबाटै उपचार भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारी चिकित्सक हाल  देसरभरका सबै सरकारी अस्पतालमा ईर्मेजेन्सी बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन्  ।

 

 

Last modified on 2019-04-12 14:55:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts