स्वास्थ्यका कर्मचारीलाई समायोजनको तनाव, मन्त्रालयमा गुनासो दर्ता गर्नेको लस्कर (फोटोफिचर)



Download our app to get more features

काठमाडौं, २९ चैत । सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको सूचि प्रकाशित गरिसकेको छ । समायोजनको सूचि प्रकाशन भएसँगै यस बारे सरकारात्क र नकारात्मक दुवै प्रकारका टिप्पणी भइरहेका छन् । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन प्रक्रियामा भएका त्रुटी सच्याउन वैशाख ५ गते सम्मको समय दिएको छ ।

मन्त्रालयले समायोजनमा भएको त्रुटी सच्याउन समय दिएसँगै स्वास्थ्यका कर्मचारी गुनासो फारम लिएर मन्त्रालय पुगेका छन् । स्वास्थ्य मन्त्रालय परिसर अहिले कुनै व्यस्त बजार भन्दा कम देखिएको छैन ।

गुनासो दर्ता गराउन आउनेहरु मध्ये धेरैले रोजेको ठाउँमा नपरेको बताएका छन् । उनीहरुले समायोजनले घर एक तिर र जागिर अर्काे तिर पारिदिएको गुनासो सुनाए ।

साथै समायोजन फारम भरेकाहरु पनि फाजिलमा परेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । सर्लाही घर भई सिन्धुलीमा कार्यरत रमा शंकर कुमार यादवले आफु पनि फजिलमा परेको बताए । उनले भने ‘समायोजन फारम भर्दा राम्रोसंग भरेको थिएँ तर फाजिलमा पारियो ।’

त्यस्तै गुनासो दर्ता गर्नेको लाइनमा भेटिएकी पोखराकी पार्वती शर्माको समस्या पनि उस्तै छ । उनको कर्मचारी समायोजन गर्दा गोरखामा दरवन्दी पुगेको छ । उनी एक वर्षको बच्चा बोकेर पोखरादेखि गुनासो दर्ता गर्न काठमाडौं आइपुगेकी हुन् । उनी पोखराको माछापुच्छ्रे गाँउपालिकामा अनमी पदमा कार्यरत थिइन् ।

मनाङ जिल्ला कारागारमा कार्यरत हेल्थ असिष्टेन्ट हरी नारायण चौधरीको गुनासो पनि पार्वतीको जस्तै छ । उनलाई चुरे गाँउपालिका कैलालीमा समायोजनले पुर्याएको बताए । उनले आफुलाई त्यस ठाउँमा जान मन नभएको साथै रोजेको ठाँउमा नपरेकोले गुनासो दर्ता गर्न आएको बताए ।

चौधरी र पार्वतीजस्ता सयौं कर्मचारी गुनासो लिएर मन्त्रालय आएका छन् । यसरी कर्मचारी गुनासो बोकेर राजधानी आउँदा गाउँगाउँका स्वास्थ्य संस्थाहरुमा भने जनशक्ति नभएर असर गरेको छ ।

हेरौं तस्वीर

Last modified on 2019-04-12 18:00:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts