२४ जना स्वास्थ्यकर्मी राष्ट्रपतिबाट विभूषित, २३ जना डाक्टर हुँदा जम्मा एकजना नर्स 



Download our app to get more features

काठमाडौं, १ बैशाख । संविधान दिवसका दिन घोषित विभूषणहरुमध्ये मानपदवी प्राप्त गर्नेहरुलाई आइतवार विभुषित गरिएको छ । 

राष्ट्रपतिको कार्यालयमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीले विभूषित गर्नुभएको हो । मानपदवी पाउनेहरुमा अन्य क्षेत्र झैं चिकित्सा क्षेत्रका व्यक्तिहरु पनि परेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा. गणेश गुरुङ, धुलिखेल अस्पतालका प्रमुख प्राडा राजेन्द्र कोजु, भेरी अञ्चल अस्पतालकी प्रमुख डा. दुर्गालक्ष्मी श्रेष्ठ लगायत छन् । चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई सुप्रवल जनसेवा श्री (तित्तीय श्रेणी), प्रवल जनसेवा श्री (चुतर्थ श्रेणी) र जनसेवा श्री पदक दिइएको छ । 

विभिन्न पदकबाट राष्ट्रपतिले २४ जना विभूषित गर्दा नर्स भने एकजनामात्र विभुषित भएकी छिन् । यसबाट के पनि देखिन्छ भने स्वास्थ्य सेवा प्रदान गर्न उल्लेख्य भूमिका खेल्ने नर्सलाई कम महत्व दिइएको छ । 

क- कसले पाए विभुषण
सुप्रवल जनसेवा श्री (तृतिय श्रेणी)

प्रा.डा. गणेश बहादुर गुरुङ, चिकित्सक : चिविराप्र
प्रा. डा. राजेन्द्र प्रसाद कोजु, अस्पताल प्रमुख : धुलिखेल अस्पताल 
डा.दुर्गा लक्ष्मी श्रेष्ठ, अस्पताल प्रमुख : भेरी अञ्चल अस्पताल
डा. गणेश कुमार राई,  निर्देशक ११ औं तह : कान्तिबाल अस्पताल 
डा. हरीहर वस्ती , फोरेन्सिक विशेषज्ञ ११ औं तह : त्रि वि शिक्षण अस्पताल 
डा. धर्मकान्त बाँस्कोटा चिकित्सक –मेडिकल काउन्सिलको अध्यक्ष
डा. प्रताप नारायण प्रसाद – क्याम्पस प्रमुख : महाराजगन्ज मेडिकल क्याम्पस 
डा. ओम मुर्ति अनिल –मुटु रोग विशेषज्ञ 
डा. राम प्रसाद पोखरेल –आखाँ विशेषज्ञ
प्रा. डा. पशुपति चौधरी –वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा. गीता गुरुङ –चिकित्सक, त्रि वि शिक्षण अस्पताल

प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी)
डा. रोशन न्यौपाने – मेडिकल सुपरिटेन्डेन, जिल्ला स्वास्थ्य कार्यालय म्यादी 
डा. सगुन जोशी  ः आखाँ रोग विशेषज्ञ, त्रि वि शिक्षण अस्पताल
डा. फडिन्द्र प्रसाद बराल :  ब.क.मे.ज दशौं, जिल्ला अस्पताल धनकुटा
डा. दिलिप शर्मा : रजिस्टार, नवौं तह कन्सल्टेन्ट फिजिसियन, वीर अस्पताल
प्रा. डा. भुपेन्द्र बस्नेत : चिकित्सक, वीर अस्पताल
डा. निलिजा शाक्य : ८ औं तह, मन्थली प्राथमिक स्वास्थ्य केन्द्र, रापेछाप
डा. पवन कुमार कर्ण कायस्थ, चिकित्सक
डा. दिपक श्रेष्ठ, चिकित्सक
डा. राम थापा क्षेत्री, चिकित्सक
डा. मल्लिका रायमाझी, प्रा. सेनानी : वीरेन्द्र अस्पताल
डा. दृष्टि राज्यलक्ष्मी शाह – प्रा सेनानी वीरेन्द्र अस्पताल
डा. प्रविन नेपाल : स.प्र.ना.उ. , नेपाल ए.पि.एफ अस्पताल

जनसेवा श्री 
राधा पौडेल : अस्पताल नर्सिङ निरिक्षक, जिल्ला अस्पताल दाङ


फाइल फोटो

Last modified on 2019-04-15 07:30:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts