नयाँ वर्षको दिन प्रधानमन्त्रीद्वारा ‘ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा’ सुरु


Download our app to get more features
Spark_health_home Birat Hospital

काठमाडौं, १ वैशाख । सरकारले नयाँ वर्ष २०७६ को पहिलो दिन आइतबारबाट देशभर ‘ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता’ अभियान सुरु गरेको छ ।’ ‘

समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सुरु गरिएको अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा गृहमा उदघाटन गरे ।

vayoda

bp_ad

कार्यक्रममा प्रधानमन्त्री ओलीले ७० वर्ष नाघेको ५५ जना ज्येष्ठ नागरिकलाई १ लाख बराबरको स्वास्थ्य बीमा प्रमाण पत्र प्रदान गरेर उक्त अभियान आरम्भ गरेका हुन् । 

 प्रधानमन्त्री ओलीले नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रुपमा मनाइएको  बताए । 

उनले अगामी वर्ष सरकारले वृद्धभत्ता बढाउने दाबी समेत गरेका छन् ।

‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई मैले भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ प्रधानमन्त्री ओलीले भने ।

उनले वृद्धभत्ता बढ्ने कुराले  वृद्धवृद्धामा बाँच्ने मनोविज्ञान र आयु बढाएका जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने ‘केही वर्षभित्र नेपाल स्वस्थ र निरोगी हुन्छ,  अपवादमा मात्रै मान्छेहरु विरामी हुन्छन् ।’

‘कुपोषणका कारणले विरामी, आर्थिक अभावका कारणले विरामी, जानकारीका अभावका कारणले विरामी, रोगलाग्ने वातावरणको सुरक्षाको अभावले विरामी, यस्ता विभिन्न कारणले हुने विरामी, शुद्ध र स्वस्थ खानेकुरा प्राप्त नगरेर विरामी अब कोही पनि हुँदैनन्’, उनले थपे ।

मानव अधिकारको आधारभुत कुरा मानिसको स्वस्थ स्वास्थ्य रहेको बताउँदै प्रधानमन्त्री ओलिले सम्पूर्णलाई स्वास्थ्य बीमा गर्न अपिल गरे । 

आममानिस बिरामी पर्छन् भनेरै स्वास्थ्य बीमा गर्नुपरेको भन्दै उनले त्यसको सहजतका लागि वृद्धवृद्धालगायत सम्पूर्णले बैंक खाता खोल्नमा समेत जोड दिएका छन् । 

उनले पहिला पहिला रोगी र बुढाबुढीलाई बीमा नगर्ने नीति हुनु गलत भएको भन्दै बिरामी र अशक्त हुन्छ भनेरै स्वास्थ्य बीमा गरिनुपर्छ भन्नेमा सरकारले स्पष्ट सोचका साथ अगाडि बढेको  जनाए । 

अबको सम्पूर्ण काम आधुनिक नेपाल निर्माणतर्फको यात्रामा केन्द्रित हुने भन्दै उनले कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्यका क्षेत्रमा अत्यन्त गतिका साथ काम भइरहेको समेत बताए ।  

त्यस्तै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्यको अधिकार जीवनको अधिकार भएकाले आधारभूत मानवअधिकारका रुपमा यसलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

उनले कुनै पनि नागरिकले पैसाको अभावमा उपचार पाउनबाट वञ्चित हुन नपरोस् भन्नेमा सरकार सचेत रहेको बताए ।  
कार्यक्रममा ज्येष्ठ नागरिकका लागि र एक लाख रुपियाँ म्मको स्वास्थ्य बीमा घोषणा गरिएको छ । सो बीमाको नेपाल सरकारले प्रिमियम तिर्नेछ ।

हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीका बुवा मोहन प्रसाद ओली र सासू ९राधिका शाक्यकी आमा० धनमाया शाक्यले ‘खोलौं बैंक खाता’ अभियानमा सहभागी भएका छन् । ओली र शाक्य दुवैले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका हुन् ।

उक्त अभियानमा खाता खोल्नेहरुलाई बैंकले एक सय रुपैयाँ आफैंले जम्मा गरिदिन्छन् । जसमा ग्राहकहरुले एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने भएको छ । 

तर, बैंकले उपलब्ध गराउने एक सय रुपैयाँको मात्रै भर नपरी आफू्लेसमेत १ सय रुपैयाँ थपेर खाता खोल्न अर्थमन्त्री डा। युवराज खतिवडाले अनुरोध गरेका छन् ।

Last modified on 2019-04-15 07:30:34

gch_ivf samyog_advertisement bathrog

Leave a Comment

NIdan Hospital tuberculosis

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts norvic_hospital