आन्दोलन स्थगित गरेर सेवामा फर्के चिकित्सक, सरकारलाई माग सम्बोधनका लागि दुई साताको समय



Download our app to get more features

काठमाडौं, २ वैशाख । विगत दुई साता देखि आन्दोलनमा रहेको सरकारी चिकित्सक संघ (गोदान) आजबाट सेवामा फर्केको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग सम्बोधनका लागि समय माग गरेको भन्दै गोदानले आन्दोलन स्थगित गर्दै आजबाट सेवामा फर्कने निर्णय गरेको हो ।

गोदानका अध्यक्ष डा.दिपेन्द्र पाण्डेले हाम्रो डाक्टरसँग कुराकानी गर्दै सरकारले माग सम्बोन गर्नका लागि दुई साताको समय माग गरेको हुनाले तत्कालका लागि आन्दोलन स्थगित गरिएको बताए ।

डा.पाण्डेले बिरामीलाई मर्कामा पार्नु चिकित्सकीय पेशाले नसुहाउने हुँदा पनि लामो समय सम्म आन्दोलन गर्नु उचित नहुने हुँदा पनि सरकारलाई समय दिइएको र आन्दोलन स्थगित गरेको बताए ।

उनले भने, ‘सरकारसँग २/३ पटक भएको कुराकानीमा माग सम्बोधनका लागि समय चाहिएको हुनाले तत्काल आन्दोलन स्थगित गर्न आग्रह गरिएको हुनाले दुई साताका लागि कार्यक्रम स्थगित गरेका छौं ।’

उनले थपे, ‘दुई सातामा पनि सरकारले माग पुरा गरेन भने फेरि नयाँ स्वरुप सहितको आन्दोलनको कार्यक्रम घोषणा गर्ने छौं ।’

Last modified on 2019-04-15 17:23:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts