फार्मेसी सेवा निर्देशिका कार्यान्वयन हुन सकेन, ब्राण्ड तोकी औषधि सिफारिस गरिँदै



Download our app to get more features

काठमाडौं, २ वैशाख । सरकारले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित होस् भन्दै अस्पतालमा फार्मेसी सञ्चालन गर्ने निर्देशन दिएपनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

सरकारले निर्देशिका नै बनाएर लागू गर्न भनेपनि त्यसको अनुगमन भने गर्न नसक्दा बिरामीहरु महँगोमा औषधि खरिद गर्न बाध्य भएका छन् ।

अस्पतालहरुबाट आफ्नै फार्मेसी सञ्चालन गरी बिरामी एवं सेवाग्राहीलाई सुलभ तथा गुणस्तरीय सेवा पु¥याउन नेपाल सरकारले फार्मेसी सेवा निर्देशिका, २०७२ जारी गरेपनि त्यो कार्यान्वयन हुन नसकेको महालेखा परिक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, महाकाली अञ्चल अस्पताल, सुनसरी जिल्ला अस्पताललगायतका अस्पतालले अझैंपनि  फार्मेसी सेवा सञ्चालन गर्न नसकेको उल्लेख गरिएको छ । 

यता, फार्मेसी सेवा सञ्चालन गरेका अस्पतालमा भने सुलभ रुपमा सबै प्रकारका औषधि नभएको, नाफा नोक्सान देखिने गरी वित्तीय विवरण तयार नगरेको, प्रत्येक महिनाको बिक्रीको १० प्रतिशत र वर्षान्तमा नाफाको ९० प्रतिशत अस्पतालको मूल खातामा जम्मा नगरेको, अन्तिम मौज्दातको भौतिक निरीक्षण गरी मौज्दात यकिन नगरेको, फर्मेसीको लागि दक्ष जनशक्ति व्यवस्थापन नभएको जस्ता अवस्था देखिएको छ । 

साथै फार्मेसी सञ्चालन निर्देशिकाको बुँदा १७ मा विशेष औचित्य भएकोमा बाहेक बिरामीलाई खास ब्राण्ड तोकी औषधि सिफारिस गर्न नहुने उल्लेख गरिएको छ । तर, भरतपुर, कान्ति बाल, शुक्रराज ट्रपिकल, परोपकार प्रसूति तथा स्त्रीरोग, शहीद धर्मभक्त राष्ट्यि प्रत्यारोपण केन्द्रलगायतका अस्पतालको प्रेष्क्रिप्सनको नमुना परीक्षण गर्दा ब्राण्ड तोकी औषधि सिफारिस गरेको देखियो । 

Last modified on 2019-04-16 07:51:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts