स्वास्थ्यमा बेथिति

स्वास्थ्य क्षेत्रमा यसरी हुन्छ औषधि खरिद सम्झौता भंग



Download our app to get more features

काठमाडौं, २ वैशाख । औषधि खरिद सम्झौतामा स्वास्थ्यका कर्मचारीले नियोजित रुपमै प्राविधिक त्रुटि गर्ने गरेको पाइएको छ । कर्मचारीको नियोजित त्रुटिकै कारण दुई वर्षसम्म क्रेटिजाइन एचसिएल सस्पेन्सन -Cetrizine HCL Suspension) ६० एमएल खरिद नै भएन । महालेखा परीक्षणले तयार पारेको प्रतिवेदन अनुसार स्वास्थ्य सेवा विभागले आर्थिक वर्ष ०७४÷७५ मा गरेको औषधि खरिदसम्बन्धी सम्झौतामा भएको प्राविधिक त्रुटिले यस्तो अवस्था श्रृजना भएको हो । 

तीन लाख १९ हजार पाँच सय औषधिको बोटल खरिद गर्न १६ जुलाई २०१६ मा इम्राल्ड फर्मासँग ३८ लाख ११ हजार ६ सय ३५ मा सम्झौता भएको थियो । सम्झौता अनुसार पहिलो वर्षको एक सय २० दिनभित्र आपूर्ति गर्नुपर्र्ने थियो । तर सम्झौता अवधिमा औषधि आपुर्ति नभइ म्याद थप गरेर १६ पुस ०७३ तय भएको देखिन्छ । साथै दोस्रो वर्ष सप्लाई गर्नु पर्ने ९४ हजार पाँच सय बोटल औषधि अप्रिल÷मे ०१७ सम्म सप्लाई गर्नुपर्ने भए पनि फर्माले दुई वर्षसम्म पनि सप्लाई गरेको छैन । सप्लाईको लागि म्याद थप पनि भएको छैन् । 

आपूर्तिकले सम्झौतामा प्राविधिक रुपमा त्रुटि भएको भन्दै करार भंग गरी पाउँ भनी १९ भदौ ०७४ मा निवेदन दिएको थियो । यसमा स्वास्थ्य विभागले औषधि व्यवस्था विभागको व्यवस्थापकीय राय लिएको छ । फर्माले ६० एमएलको नयाँ बिक्री वितरण दर्ता अनुमति लिएर सप्लाई गर्नुपर्ने शर्त अनुसार प्रक्रिया अगाडि बढाउने राय दिएको प्रतिवेदनमा उल्लेख छ । फर्माले ३० एमएलको प्रमाणपत्रलाई समाजोजन गरी ६० एमएल कायम गनुपर्ने राय विभागबाट पाएको देखिन्छ । तर विभागले सम्झौता भंग गरी तीन लाख ८१ हजार एक सय ६३ पेश्की रकम फिर्ता दाखिला गराई यस्ता त्रुटि नदोहोर्याउने र पुनः बोलपत्र माग गर्ने निर्णय दुई वर्ष पछि मात्रै गरेको देखिन्छ । पुनः बोलपत्र आव्हान गर्दा समेत औषधि व्यवस्था हुन सकेको छैन । 

गलत सम्झौता गर्ने पदाधिकारी र त्रुटिपूर्ण कागजात पेश गर्ने आपूर्तिकर्तालाई कानुन बमोजिम कारबाही गर्न पूतिवेदनले सिफारिस गरेको छ । साथै सम्झौता बमोजिम राखेको तीन लाख ८१ हजार दुई सय जमानत जफत गर्न प्रतिवेदनको सुझाव छ । 
 

Last modified on 2019-04-16 07:49:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts