स्वास्थ्य मन्त्रालयका  सचिव घिमिरेको  सरुवा 



Download our app to get more features

काठमाडौं, ३ वैशाख ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे सरुवा भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिव घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको हो । गत माघ ९ मा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फ सरुवा भएका थिए।  

करिब तीन महिनाअघि  कार्य व्यवस्थापन गर्न भनेर दुई सचिव खटाइएको भनेता पनि  सरकारले घिमिरेलाई छोटो समयमै सरुवा गरेको छ ।

घिमिरे स्वाथ्यमन्त्रालयमा बहाल भएको करिब ३ महिनामै सरुवा भएका हुन् ।

यसअघि घिमिरेसहित पुष्पा चौधरी पनि स्वास्थ्य सेवातर्फ सचिवमा बहाल थिइन् । स्वास्थ्य सचिव घिमिरे सरुवा भएसँगै अब स्वास्थ्य मन्त्रालयमा एक मात्रै सचिव रहने भएको छ । सरकारले सचिव घिमिरेसहित ३ जनालाई सरुवा गरेको हो ।

जसमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साथै भर्खरै सचिवमा बढुवा भई पदस्थापन हुन बाँकी डा हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खटाइएको छ ।


 

Last modified on 2019-04-17 06:43:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts