अभिभावक र बच्चाबीच महिनावारीबारे छलफल हुन कतिको आवश्यक ?



Download our app to get more features

काठमाडौं, ४ वैशाख । बच्चासंग महिनावारीको विषयमा छलफल गर्न आवश्यक हुन्छ । महिनावारीको विषयमा कतिपय आमाबुबा खुल्ला रुपमा बच्चालाई अगाडी राखेर भन्न हिचकिचाउँछन् ।

जब उनीहरुको छोराछोरी यस विषयमा कुरा गर्न खोज्छन् विभिन्न बहाना गरेर टार्न खोज्ने गरेको पाइन्छ । तर, बच्चासंग यसरी तर्कनु समाधान भने होइन ।

यस विषयमा खुलेर कुरा गर्दा घाटा हैन फाइदा नै हुन्छ ।

यसलाई सामान्य तरीकाले सम्झाउनु पर्छ । कसरी बच्चासंग यस विषयमा कुरा गर्ने भन्ने विषयमा कुनै हाड एण्ड फाष्ट रुल छैन । जब छोरीछारीले विद्यालयमा आफ्नो साथीभाइले व्यहोरेको घटनाका विषयमा कुरा गर्छन् या अनुभव साटासाट गर्छन् त्यो समयमा नै विस्तारै विस्तारै यस्ता विषयमा कुरा गर्न सुरु गर्नुपर्छ ।

सामान्य रुपमा भन्दा जब छोरारछोरी बढ्दै जान्छन् महिनावारीको विषयमा सामान्य रुपमा कुरा गर्दै जानुपर्छ ।

छोरा या छोरीले यस वारेमा केही जिज्ञासा राखेमा उनिहरुलाई हतोत्साहीगर्न हुदैन । साथै भ्रम छर्ने कुुरा समेत गर्नु हुँदैन । जस्तै टिवीमा सेनीटरी प्याडको विज्ञापन आउँदा बन्द गर्ने प्रचलन समेत रहेको छ ।

तर, यस्ता विषयमा कुरा गर्न रुचाएमा अन्य कुरा भन्दा बढी प्राथमिकतामा राखेर सवालजवाफ गर्नु उपयुक्त हुन्छ ।

महिनाबारी सम्बन्धी मिथ्याहरुलाई उनिहरुको मानसपटलमा पर्नेगरी भन्न हुँदैन । सही समयमा यस विषयमा अध्ययन गर्न लगाउने या भिडीयोहरु देखाउने गर्नुपर्छ । महिनावारीका विषयमा आफुले प्रयाप्त ज्ञान दिन सकिदैन भने यस सम्बिन्धी विज्ञ कहाँ लगेर सल्लाहा सुझाव दिनुपर्छ । 

स्त्री तथा प्रसुतीरोग विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. रंगिना लाइकंगबमसँग गरिएको कुराकानीमा आधारित
 

Last modified on 2019-04-17 14:55:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts