नेपाल स्वास्थ्य प्राविधिक संघको मागः समायोजन तत्काल खारेज गरी नयाँ सुरु गर



Download our app to get more features

काठमाडौं, ४ बैशाख । नेपाल स्वास्थ्य प्राविधिक संघले सस्वास्थ्य सेवाका कर्मचारीको समायोजन प्रति गम्भीर आपत्ति प्रकट गर्दै तत्काल खारेज गर्न माग गरेको छ ।

विज्ञप्तिमार्फत संघले कर्मचारी समायोजनले निश्चित आधार तथा मापदण्ड तयार गरेको भएपनि मापदण्ड बिपरित स्वास्थ्यका कर्मचारीलाई समायोजन गरिएको आरोप लगाएको छ । संघले समायोजनको फारम  भर्नुपूर्व स्वास्थ्यको दरबन्दी कायम नर्गनु र जेष्ठताको सूचि प्रकाशित गर्दा समेत अन्तिम नतिजा ननिकाल्नु जस्ता कार्यले सुचनाको हकबाट समेत बञ्चित गरिएको भन्दै आपत्ति जनाएको छ । 

फारम भर्दा प्रदेश अन्र्तगत राखिएको स्वास्थ्य संस्थाहरुलाई संघमा राखिएको, पदनाममा घटुवा गर्नु ज्येष्ठतालाई ख्याल नर्गनु स्थायी ठेगाना भएको जिल्ला र प्रदेश खाली राखि मेचीमहाकाली समायोजन गर्नु, मेडिकल बोर्डले गम्भीर बिरामी भनेका कर्मचारीको ख्याल नर्गनु जस्ता कार्यले समायोजनप्रति पुर्ण असन्तुष्टि रहेको जनाएको छ । यस्ता कार्यले स्वास्थ्यका कर्मचारीको मनोवल घटेको पनि संघले जनाएको छ । 

गिरेको मनोबलाई उतप्रेरणा दिई स्वास्थ्यको घटदो सुचकांकलाई माथि लैजान प्रकाशित सूचिलाई हटाई दरबन्दी र अन्तिम ज्येष्ठता प्रकाशित गरि न्यायसंगत समायोजन अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । 
 

Last modified on 2019-04-17 20:02:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts