नेपाली सेना र प्रदेश सरकारको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सुरु



Download our app to get more features

रुपन्देही ५ वैशाख । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५ मा शल्यचिकित्सक सहितको निशुल्क शिविर सुरु भएको छ । 

प्रदेश नं ५को समाजीक विकास मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजनामा वैशाख ४ देखी  सुरु भएको शिविर ८ गने सम्म चल्ने भएको छ । 

नेपाली सेनाको मध्यपश्चिम  पृतना बुटबल र समाजीक बिकास मन्त्रालयको संयुक्त रुपमा सुरु भएको उक्त शिविरमा ओपिडि, भिडीयो एक्स रे, प्रयोगशाला तथा डेन्टल एक्स रे सहित सुविधा रहेको छ । 

नेपाली सेनाका सामुदायिक चिकित्सक डा. बिकल श्रेष्ठका अनुसार कर्णल डा। भरत भन्डारीको नेतृत्वमा विभिन्न चिकित्सकहरुले शल्यक्रिया सहितको सेवा दिएका छन् । 

जसमा  डा. रिडकु जोसी मेडिसिन, डा. अनुप थापा सर्जरी, डा. रबि भन्डारी हाडजोर्नी डा कमला थापा आँखा, डा भोगेन्द्र शुवाल छाला, डा. सैलाजा खड्का स्त्रीरोग, डा श्रेया भट्राई नाक कान घाटी, डा. आस्मा राना डेन्टल,डा सुनिता पन्त यनेस्सिया डा. सिताराम खड्का फार्मेसीसहित ४० जना प्यारामेडिक्स ल्याब सहितको टोलीले  उपचार गरिरहेको छ ।  

उनीहरुले  अप्रेशन देखी अन्य सेवाहरु प्रदान गरेको प्रदेश समाजीक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले बताए ।

प्रदेश सरकार नेपाली सेना,स्वास्थ्यमन्त्रालय,स्थानिय सरकार र औषधि कम्पनिहरुले निशुल्क औषधि उपलब्ध गराएको  चौधरीले बताए ।   

शिविर  प्रदेश ५का प्रमुख  उमकान्त झाले उद्घाटन गरेका थिए ।

Last modified on 2019-04-18 19:28:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts