आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



Download our app to get more features

काठमाडौं, ६  वैशाख । सरकारले आज र भोली देशैभर राष्ट्रिय भिटामिन ‘ए’  र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

वैशाख  ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम रहेको स्वाथ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

साथै १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

प्रवक्ता श्रेष्ठकाअनुसार शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका  जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण गर्ने कार्यक्रम पनि रहेको छ । 

उक्त कार्यक्रम सहजीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते नै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो।

सामान्य प्रशासन मन्त्रालयले ती सबै कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग र प्रचारपचारमा सहजीकरण गरी अभियान सफलतापूर्वक संचालन गर्न सबै स्थानीय तहलाई निदेशन दिएको छ । 

देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका हुन् ।  प्रवक्ता श्रेष्ठले प्रत्येक वडा–वडामा दुई वोटा बुथ राखेर स्वास्थ्यकर्मीद्वारा  भिटामनि ‘ए’ र जुकाका औषधि खुवाइने जानकारी दिए ।

Last modified on 2019-04-20 07:48:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts