२७ हजार स्वास्थ्यकर्मिको जेष्ठता उपलब्ध गराईदिन स्वास्थ्यकर्मी संघको माग



Download our app to get more features

काठमाडौं, ६ वैशाख । नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मीहरुको जेष्ठता सूची र दरवन्दी संरचना उपलब्ध गराई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग माग गरेको छ ।

स्वास्थ्य सेवाका २७ हजार स्वास्थ्यकर्मिलाई समायोजन गर्दा  जेष्ठता समेत उपलब्ध नगराई समायोजन गरेको भन्दै संघले तत्काल जेष्ठता सूची र दरवन्दी संरचना उपलब्ध गराउन माग गरेको छ । 

 ऐनमा व्यवस्था भएअनुसारको गुनासो सुनुवाईका लागि दिने निवदेनमा समेत दरवन्दी संरचना र जेष्ठता सूची समेत सार्वजनिक नभएको कारण समस्या परेको हुँदा अन्तिम दरवन्दी संरचना र जेष्ठताको सूची संघलाई उपलब्ध गराइ दिन माग गरिएको छ ।

बिहीबार संघद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता गरिएको पत्रमा यस्तो उल्लेख गरिएको छ ।

Last modified on 2019-04-20 07:48:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts