समायोजन पत्र प्राप्त नभएसम्म कार्यरत निकायबाटै सेवा प्रवाह गर्न मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं,६ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन पत्र प्राप्त नभएसम्म कार्यरत निकायबाटै सेवा प्रवाह गरिरहन सबै कर्मचारीलाई आग्रह गरेको छ ।

मन्त्रालयले कर्मचारीहरुले दर्ता गरेको गुनासोको विशलेषण गरी पर्याप्त कारण र आधार भएमा समायोजन संशोधन हुने पनि जनाएको छ । समायोजन सम्बन्धि केहि गुनासो भए कर्मचारीलाई बैशाख ५ गते सम्म गुनासो दर्ता गर्ने समयसीमा तोकिएको थियो ।

सबै महाशाखा प्रमुख, प्रार्देशिक निर्देशक, जिल्ला स्थित कार्यालय प्रमुख र अन्य कार्यालय प्रमुखलाई आफु मातहतका कर्मचारीलाई खटाएकै कार्यालयबाट सेवा प्रवाह गराउन पनि अनुरोध गरेको छ ।

Last modified on 2019-04-19 15:21:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts