स्वास्थ्य राज्यमन्त्रीकै अस्पताल परिसरको शौचालयमा नर्सको शव फेला



Download our app to get more features

जनकपुर, ८ वैशाख । जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा कार्यरत एक जना नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

आइतबार बिहान हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनले लगभग राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी थिइन् ।

प्रहरीका अनुसार मुचुल्का उठाई शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

यता मृतकका परिवारले घटना आत्महत्या नभई हत्या रहेको दाबी गरेका छन । उक्त हस्पिटल स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले सञ्चालन गरेका हुन ।

Last modified on 2019-04-21 15:02:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts