आफुले चुरोट छाडेपछि सबैलाई चुराेट छाेड्न पद्म शमशेरले गरे यस्ताे उर्दी !



Download our app to get more features

काठमाडौं, ८ बैशाख । तत्कालिन श्री ३ पद्म शमशेरले मानव स्वास्थ्यमा हानी गर्ने भएकालाई सबै देशबासीलाई चुरोट छोड्न अपिल गरेका थिए ।

उनले चुरोट देशमा ल्याउनको लागि एक वर्षमा ५० देखि ६० लाख विदेशमा गएको र त्यसले गर्दा देशलाई आर्थिक धक्का परेको भन्ने सन्देश जारी गर्दै चुरोट छोड्न अपिल गरेका हुन् । सामाजिक सञ्जालमा भेटिएकाे पद्मशमशेरले जारी गरेकाे अपिलमा भनिएकाे छ, 'चुरोट खानु बहुतै खराव अम्बल हो । यसलाई सकेसम्म एकैदिनमा छोड्नु बेस हो । नसके अलि अलि गर्दै छोडे पनि हुन्छ ।'

शमशेरले खराव लतलाई सबैले छोड्नु नै बेस हुने कुरामा जोड दिएका छन् । उनले विज्ञप्तिमा अाफुले पनि चुराेट खान छाडेकाे बताएका छन् ।

यस्तो छ अपिल

Last modified on 2019-04-21 16:03:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts