स्वास्थ्य परिक्षणका लागि राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा 



Download our app to get more features

काठमाडौं, ९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य परीक्षण गरेकी छिन् । चीन भ्रमणमा जानु अघि उनले शिक्षण अस्पतालमा सोमबार स्वास्थ्य परीक्षण गराएकी हुन् ।  

अस्पताललका निर्देशक प्रेम खड्काका अनुसार उनले सोमबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पेटको इन्डोस्कोपी गराएकी छिन् । परीक्षणपछि उनी लगत्तै फर्किएको निर्देशक खड्काले बताए । खड्का अनुसार राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ ।

Last modified on 2019-04-22 14:18:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts