मनमोहन कार्डियो थोरासिकको कार्यकारी निर्देशकमा पुनः श्रेष्ठ नियुक्त



Download our app to get more features

काठमाडौं, ९ वैशाख । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा पुनः डा.उत्तमकृष्ण श्रेष्ठलाई नियुक्त गरिएको छ ।

४ वर्षे कार्यकाल पुरा गरेका डा.श्रेष्ठलाई अर्को ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो ।

सेन्टरको अहिलेसम्मको इतिहासमा नै पहिलोपटक एकै जनालाई निरन्तर दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो ।

डा.श्रेष्ठले आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गरेको हुनाले चिकित्सा शास्त्र अध्ययन संस्थान र त्रिवि शिक्षण अस्पतालका पदाधिकारीले उनैलाई कार्यकारी निर्देशको जिम्मेवारी दिएको हो ।

अबको ४ वर्षको अवधिमा पनि डा.श्रेष्ठले सेन्टरलाई उचाईमा पुर्याउने आशा गरिएको छ । 
 

Last modified on 2019-04-23 17:00:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts