राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कर्मचारी आन्दोलित

मन्त्रालयले माग्यो समस्याको विवरण



Download our app to get more features

काठमाडौं, १० वैशाख । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कर्मचारी आन्दोलनमा उत्रिदा बिरामीहरु मर्कामा परेका छन् ।

केन्द्रमा तालाबन्दी गरेर १२ दिनदेखि कर्मचारी आन्दोलित हुदाँ बिरामीहरु समस्यामा परेका हुन् ।
दैनिक ४० देखि ५० जना बिरामी आउने केन्द्रका कर्मचारी गत चैत २९ गतेदेखि आन्दोलित भएका हुन् । 

तलवभत्ता, दरबन्दी अनुसारका पदपुर्ती गर्नुपर्ने माग सहित केन्द्रका कर्मचारी आन्दोलित छन् ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रमा भएका समस्याको बारेमा विस्तृत जानकारी गराउन भन्दै पत्र पठाएको छ ।
 

Last modified on 2019-04-23 13:43:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts