'ब्राण्ड' तोकेर औषधि सिफारीस गर्दै सरकारी अस्पताल



Download our app to get more features

काठमाडौं, १० वैशाख । देशका ठूला सरकारी अस्पतालले ब्राण्ड तोकि औषधिको सिफारीस गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन अनुसार अस्पतालको प्रेष्क्रिप्सनको नमुना परीक्षण गर्दा ब्राण्ड तोकी औषधि सिफारिस गरेको पाइएको हो ।

फार्मेसी सेवा निर्देशिकाको बुँदा १७ मा विशेष औचित्य भएकोमा बाहेक बिरामीलाई खास ब्राण्ड तोकी औषधि सिफारिस गर्न नहुने उल्लेख छ । तर भरतपुर, कान्ति बाल, शुक्रराज ट्रपिकल, परोपकार प्रसूति तथा स्त्रीरोग, शहीद धर्मभक्त राष्ट्यि प्रत्यारोपण केन्द्रलगायतका अस्पतालको प्रेस्कृप्सन परीक्षण गर्दा ब्राण्ड तोकी औषधि सिफारिस गरेकाे पाइएको हो । देशका यी ठूला अस्पतालमा निर्देशिकाका प्रावधान पालना गरेको पाइदैन ।

दक्ष जनशक्तिमार्फत अस्पतालहरुबाट आफ्नै फार्मेसी सञ्चालन गरी बिरामी एवं सेवाग्राहीलाई सुलभ तथा गुणस्तरीय सेवा पुर्याउन नेपाल सरकारले फार्मेसी सेवा निर्देशिका, २०७२ जारी गरी लागू गरेको छ । तर, यसकाे कार्यान्वयनकाे पाटाे भने फितलाे छ ।

तर बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, महाकाली अञ्चल अस्पताल, सुनसरी जिल्ला अस्पताल लगायतका अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेका छैनन् । फार्मेसी सेवा सञ्चालन गरेका अस्पतालमा समेत निर्देशिका बमोजिम सुलभ रुपमा सबै प्रकारका औषधि पाउने अवस्था भने छैन ।

अस्पतालका फार्मेसीले नाफा नोक्सान देखिने गरी वित्तीय विवरण तयार पारेको पनि पाइएको छैन् । प्रत्येक महिनाको बिक्रीको १० प्रतिशत र वर्षान्तमा नाफाको ९० प्रतिशत अस्पतालको मूल खातामा जम्मा हुनुपर्नेमा यस्तो गरेको पनि पाइएको छैन् ।  

त्यसैगरी सरकारी अस्पतालका फार्मेसीहरुले अन्तिम मौज्दातको भौतिक निरीक्षण गरी मौज्दात यकिन नगरेको पाइएको छ । साथै सरकारी अस्पतालमा फर्मेसीको लागि दक्ष जनशक्ति व्यवस्थापन पनि  गरेको छैन् । 
 

Last modified on 2019-04-24 05:20:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts