एक वर्षमा ९८ हजार ६ सय ४० ले गराए गर्भपतन, सबैभन्दा बढी प्रदेश तीनमा



Download our app to get more features

काठमाडौं १० वैशाख । आफ्नो शरीरमा आफ्नै अधिकार हुनुपर्छ भन्ने आवाजसँगै नेपालमा विसं २०५९ असोज १० गते  गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको थियो ।

महिला अधिकारकर्मी तथा स्वास्थ्यकर्मीहरुले यो अधिकारको माग उठाएपछि मातृ मृत्युदरलाई कम गराउन सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिइएको हो ।

कानूनी रुपमा सुरक्षित गर्भपतनको सुरु भएको झन्डै १७ वर्ष वितिसक्दा गर्भपतनको संख्या दोब्बर पुगिसकेको छ । 

सुरक्षित गर्भपतनलाई कानुनी प्रावधानमा राखेसँगै असुरक्षित गर्भपतन पनि बढ्दोक्रममा रहेको छ । नेपालमा गर्भपतन गराउनेको संख्या कुनै प्रदेशमा कम देखिएका छन् भने कुनैमा बढी ।  

स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा  गर्भपतन गराउने सबैभन्दा बढी संख्या प्रदेश नं. ३ मा रहेको पाइएको छ ।  

सो आवमा ३ नं. प्रदेशमा गर्भपतन गराउनेको संख्या २५ हजार ४ सय ६२ रहेको तथ्याङ्कमा उल्लेख छ । 
त्यसपछिको बढी गर्भपतन गराउनेको संख्या  प्रदेश ५ मा  रहेको तथ्याङ्ले देखाउँछ ।

आर्थिक वर्ष ०७४/०७५ को तथ्याङअनुसार प्रदेश ५ मा गर्भपतन गराउनेको संख्या १८ हजार ४ सय ६३ रहेको छ । सोही आवको तथ्याङअनुसार गर्भपतन गराउनेमा १ नं. प्रदेश तेस्रो स्थानमा रहेको छ ।

सो प्रदेशमा गर्भपतन गराउनेको संख्या १५ हजार ८ सय ५४ रहेको तथ्याङ्मा उल्लेख छ ।

यसैगरी सोही समयमा प्रदेश ४ मा १३ हजार ९ सय ३७ जना महिलाले गर्भपतन गरेको तथ्याङकले देखाउँछ । 

गर्भपतन गराउने महिलाको प्रदेशअनुसारको तथ्याङ्क हेर्दा ४ नंंगण्डकी प्रदेश नै चौथो स्थानमा रहेको छ ।

सोही तथ्याङ्अनुसार प्रदेश ७ मा  गर्भपतन गराउनेको संख्या १३ हजार ५८ रहेको छ ।

प्रदेश ७ पाचौं स्थानमा रहेसँगै २ नंं प्रदेश गर्भपतन गराउने महिलाको तथ्याङ्अनुसार छैटौं स्थानमा छ ।

 तथ्याङ्अनुसार सबैभन्दा कम गर्भपतन गराउने प्रदेश नं. ६ देखिएको छ । जहाँ ५ हजार ५ सय ५५ जना महिलाले गर्भपतन गराएको तथ्याङ्कमा उल्लेख छ ।

यो सरकारी तथ्याङक हेर्दा आव २०७४/०७५मा नेपालमा गर्भपतन गराउनेको कुल संख्या ९८ हजार ६ सय ४० रहेको छ ।
 

Last modified on 2019-04-24 11:59:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts