मुर्गियामा आँखाको उपचार सुरु, दृष्टिविहीन भएर बांच्नुपर्ने वाध्यताको अन्त्य गर्नेः मन्त्री बराल



Download our app to get more features

रुपन्देही १० वैशाख । लुम्बिनी रणअम्बिका शाह आँखा अस्पताल भैरहवाले मुर्गियामा आँखाको उपचार सुचारु गरेको छ । अस्पताल भैरहवाको मुर्गियाबाट सेवा दिएपछि सैनामैना  नगरवासीलाई आँखाको प्राथमिक उपचारका लागि अन्यत्र धाउनुपर्ने वाध्यता हटेको छ ।

अस्पतालको आंखा उपचार सेवा केन्द्रको उदघाटन प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन मन्त्री बरालले गरेका थिए । उनले प्रदेश सरकार जनता दृष्टिविहीन भएर बांच्नुपर्ने वाध्यताको अन्त्य गर्न लागिपरेको बताए ।

मन्त्री बरालले स्थानीय, प्रदेश र संघीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर वजेट विनियोजन गर्नुपर्ने वताएका छन ।

रणअम्बिका शाह आंखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष सागर प्रताप राणाले नगरपालिको सहयोग पाए छुट्टै भवन बनाएर आंखाको अप्रेसन सहितका सम्पूर्ण सेवा उपलब्ध गराउन तयार रहेको बताए ।

लुम्बिनी रण अम्बिका आँखा अस्पतालका डा.नन्दा गुरुङ सैनामैनामा आंखा उपचार सेवा केन्द्र स्थापनाले नगरवासी लाभान्वित हुने वताएका छन ।

Last modified on 2019-04-23 17:38:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts