पूर्व स्वास्थ्यमन्त्री रामकृष्ण ताम्राकारको निधन



Download our app to get more features

रुपन्देही, १० वैसाख । पूर्व स्वास्थ्यमन्त्री रामकृष्ण ताम्राकारको निधन भएको छ।

 निमोनिया भएपछि ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका नेता ताम्राकारको मंगलबार दिउँसो ३ बजे निधन भएको हो । ताम्राकारको स्वास्थ्य स्थिति गम्भीर भएपछि चैत अन्तिम साता आईसीयुमा भर्ना गरिएको थियो। ताम्राकार बिगत दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए। ताम्राकार बिस. २०४८ र ५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा बीजयी भएका थिए। उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए।

Last modified on 2019-04-23 18:28:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts