धनकुटामा नेपाल अर्बुद रोग निवारण संस्थाको निःशुल्क क्यान्सर शिविरः ४ सय २६ महिला लाभान्वित



Download our app to get more features

धनकुटा, ११ बैशाख । धनकुटामा महिलाहरुका लागि एकदिने निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ ।

धनकुटा नगरपालिका वडा नं ३ मा आयोजित शिविरको पूर्व मन्त्री तथा राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील बहादुर थापाले उद्घाटन गरे । धेरै महिलाहरु प्रजनन सम्बन्धी रोगबाट ग्रसित भएर मृत्यु समेत भएको तथ्याङ्क बढेर गएको भन्दै यसप्रकारको शिविरबाट चेकजाँच गरी रोकथाम गर्ने सर्वोत्तम विधि भएको बताए । दीर्घकालिन रोगबाट बच्न महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी चेकजाँच समयमै गराउन उनले महिलाहरुलाई आग्रह गरे ।

नेपाल अबुर्द रोग निवारण संस्था धनकुटा र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त आयोजनामा गरिएको निःशुल्क क्यान्सर परीक्षण शिविरमा ४ सय २६ जना महिला लाभान्वित भएका छन । धनकुटा नगरपालिका वडा नं. ३ को भाषा माविको परिसरमा भएको शिविरमा स्थानीय महिलाहरुले पाठेघर सम्बन्धी क्यान्सर रोग परीक्षण गरेका हुन् । उनिहरुको रिपोर्ट आउन बांकी रहेको आयोजक नेपाल अबुर्द रोग निवारण संस्था धनकुटाका अध्यक्ष नारायण प्रसाद रिजालले जानकारी दिए । जसमा २ सय ८० जनाले साधारण स्वास्थ्य परीक्षण गराएको रिजालले बताए । नेपाललाइ सूर्तिरहित बनाउन लागिपरेको नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष ईश्वर श्रेष्ठले बताए । उनले सूर्तिजन्य पदार्थमा उच्च कर लगाएर यसको बिक्रिवितरण र सेवनलाई निरुत्साहित पार्नुपर्ने बताए । 

महिलाको शारीरिक स्वास्थ्यमा कुनै समस्या नआओस् भन्ने उदेश्यले शिविर सञ्चालन गरिएको वडा अध्यक्ष विकास घिमिरेले बताए । लाजका कारण महिलाहरुले शारीरिक स्वास्थ्य अवस्था चेकजाँच गराउन असहज महशुष गर्ने भन्दै घरआगनमा गर्ने यस किसिमका शिविरबाट धरै महिलाहरुले लाभ लिने अध्यक्ष घिमिरेको भनाइ छ । 

Last modified on 2019-04-25 05:39:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts