औलोबाट कसरी बच्ने ? यस्ता छन् औलो रोगका लक्षण



Download our app to get more features

काठमाडौं । विशेषगरी औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ । लामखुट्टेको टोकाइ बाहेकका कारणले पनि औलो सर्छ । जसमा विरामी आमाले बच्चा जन्माएमा, अंग प्रत्यारोपण गर्दा, औलाका विरामीको रगत अर्को व्यक्तीमा हाल्दा, असुरक्षित सुइहरुको प्रयोग गरेमा पनि औलो सर्छ । तर, प्रत्यक्ष रुपमा मानिसबाट मानिसमा औंलो सर्दैन ।

यस्ता छन् औलो रोगका लक्षण र बच्ने उपाय

औलो रोगका लक्षण 

औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि  १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुने लगायतका सामान्य लक्षण देखिन्छन् ।

साथै निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो÷कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखा पर्दछ ।  यो रोगले गम्भीर रूप लिएमा मानिसको ज्यान समेत जान सक्ने सम्भावना हुन्छ ।

 धेरैजसो कामको सिलसिलामा बाहिर गएका व्यक्तिले  यस्ता रोग लिएर आउँछन् । विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट आएका व्यक्तिले औलो रोग ल्याउँछन् ।

यससँगै अफ्रिकन मुलुकहरुमा  पनि औलोको जोखिम बढी भएको हुँदा त्यहाँबाट फर्किएका व्यक्तिले पनि यो रोग लिएर आउँछन् ।

 कसरी  बच्ने 

औलोको जोखिम कम गर्न सबैभन्दा पहिला लामखुट्टे आउने माध्यम बनाउनु हुँदैन । यसका लागि घर वरपर पानी जमेका खाल्टाखुल्टी  पुर्नुपर्छ । यससँगै औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।

लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कनुपर्छ ।  राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो । शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ ।

स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ ।  यसैगरी प्रत्येक समुदायमा  औलो सम्बन्धी जनचेतना फैलाउन अति आवश्यक छ ।

साथै शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न सकिन्छ ।

(शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका डा.शेर बहादुर पुनसंग गरिएको कुराकानीमा आधारीत)  

 

Last modified on 2019-04-24 17:07:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts