भरतपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी गर्न तीन महिना कुर्नुपर्ने

सुलभ मूल्यका औषधिबाट बञ्चित



Download our app to get more features

काठमाडौं,११ वैशाख । क्यान्सरको उच्चस्तरीय सेवा प्रदान गर्न स्थापना भएको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको सेवा माथि प्रश्न उठ्न थालेको छ । क्यान्सररोगको अनुसन्धान गरी आवश्यक जनशक्तिसमेत तयार गर्ने अस्पतालको उद्देश्य रहेको छ । अस्पतालले बहिरङ्गलगायत १ लाख ३२ हजार ९सय ८१ जना बिरामीलाई सेवा पु¥याएको महालेखा परिक्षकको ५६ औं प्रतिवेदनले देखाएको छ ।

अस्पतालले २०७१/७२ मा ३ हजार ८ सय ५२ जनालाई रेडियोथेरापी सेवा उपलब्ध गराएकोमा २०७२/७३ मा २ हजार ८ सय १३ जना र २०७३।७४ मा १ हजार ७ सय १ जनालाई सेवा उपलब्ध गराएको हो । दुई वर्ष अस्पतालको रेडियोथेरापि सेवा लिनेको संख्या घटे पनि २०७४/७५ मा सामान्य वृद्धि भई १ हजार ९ सय २१ जनालाई सेवा उपलब्ध गराएको छ ।क्यान्सर बिरामीको संख्या २०७२/७३ मा ४ हजार ६ सय ५४ रहेकोमा २०७४/७५ मा बढेर ५ हजार २ सय २० पुगेको छ । तर यता  रेडियोथेरापी गर्नेको संख्या घटेको देखिएको हो ।

यसरी अस्पतालको तथ्यांक हेर्दा एकातर्पm सेवाको उपलब्धता घटेको र अर्कोतर्पm समयमा सेवा नपाएको देखिन्छ । अस्पतालको सेवा प्रति जनगुनासो बढि रहेको बेला अस्पतालले भने विगतमा पटक पटक मेसिन बिग्रेकोले यस्तो स्थिति आएको जनाएको छ ।
 

रेडियोथेरापीको लागि तीन महिना कुर्नुपर्ने
रेडियोथेरापी गर्न प्रतीक्षारत बिरामीको विवरण माग गरी विश्लेषण गर्दा ३ महिनासम्म पालो पर्खनु पर्ने देखिएको छ । अस्पतालले उपकरण र जनशक्ति अभावको कारण ढिलाई हुने गरेको जनाएको छ । तरपनि जनगुनासोलाई सम्बोधन हुने गरी सेवा प्रवाह छिटो, छरितो र गुणस्तरीय बनाउन ध्यान दिएको भने पाइदैन् । 
 

बिरामी कुरुवा भवन ३० प्रतिशत मात्र उपभोग 
अस्पतालले उपलब्ध गराएको विवरण अनुसार कुल ९८ भवन रहेका छन् । भवन मध्ये बिरामी कुरुवा घर ६ मर्मत गर्नुपर्ने देखिन्छ । साथै कतिपय भवनको शौचालय मर्मत गर्नुपर्ने छ । भवनको झ्याल ढोका बिग्रेको, भत्किई मर्मत गर्नुपर्ने र रङ्गरोगन अभावका कारण जीर्ण बन्दै गएको अवस्था रहेको छ । 

उपलब्ध विवरणअनुसार अस्पतालमा रहेका ६ कुरुवा घरको बेडको आधारमा ११ हजार ३ सय १५ दिन उपयोग हुनुपर्ने हो । तर ३ हजार ३ तीन ९९ दिन मात्र उपयोग भएको पाइएको छ । यो  ३० प्रतिशतमात्र उपयोग भएको अवस्था हो । कुरुवा घर मर्मत हुन नसक्दा लगानी खेर गइरहेकोमा अस्पतालले ध्यान दिएको छैन । जसकारण बिरामीका कुरुवाहरुलाई आवश्यक सेवा उपलब्ध गराउन अस्पताल पछि परेको छ । 
 

सुलभ मूल्यका औषधिबाट बिरामी वञ्चित
सबै अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । तर यस अस्पतालमा अझैसम्म पनि आफ्नै फार्मर्सी सञ्चालनमा आएको छैन् । अस्पतालको परिसरभित्र रहेको साझा स्वास्थ्य सेवाको फार्मेसीबाट मात्र रु.२४ करोड ५४ लाख ९३ हजारको औषधि तथा औषधिजन्य सामग्री खरिद गरेको पाइयो । अस्पतालले सोबाट प्राप्त हुने आम्दानी गुमाएको छ ।  सुलभ मूल्यका औषधिबाट बिरामीहरु वञ्चित भएका छन् । 

अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ ले स्वास्थ्य सेवामा प्रभावकारी रुपमा सबैको पहुँच सुनिश्चित गर्न नेपाल सरकारको पूर्ण र आंशिक स्वामित्व रहेका वा विकास समिति ऐन, २०१३ अनुसार सञ्चालन भएका सबै अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । 

Last modified on 2019-04-25 05:40:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts