गुल्मीमा दूषित पानी पिउँदा ६० जना बिरामी, एकजना गम्भीर



Download our app to get more features

रुपन्देही १२ वैशाख ।  गुल्मीको मुसिकोट नगरपालिका  वडा नं ४ मा दुषित पानी पिउँदा ६० जना बिरामी परेका छन् । 

बिरामीमध्ये चार जनालाई  जिल्ला अस्पताल गुल्मीमा भर्ना गरिएको छ । जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । स्थानीय ५९ बर्षिय कुमारी सिञ्जालीलाई वामीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि पाल्पा पठाइएको मुसिकोट नगरपालिकाका कार्यकापालिका सदस्य हरी छन्तेलले जानकारी दिए ।

आइतबार सामान्य रुपमा ४/५ जना बिरामी भएपनि सोमबार २६ जनाजति बिरामी परे । तर बुधबार साँझबाट एक्कासी मानिसहरु बिरामी पर्न थालेको छन्तेलले बताए । गाउँका सबैजसो नै बिरामी पर्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय, मुसिकोट नगरपालिकाको वडा नम्बर २, ३ तथा ४ ले संयुक्त रुपमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

बिरामी परेका मानिसहरुमध्ये अधिकाशंमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका श्रीकृष्ण भट्राई ले जानकारी दिए । दुषित पानी पिउदाँ यस्तो समस्या देखिएको डाक्टरहरुले बताएका छन् । दजाकोटका अझै पनि ८५ घरधुरी दूषित पानी पिउन बाध्य भएका छन् ।

करिब तीनवर्ष अगाडी भएको अगालागीपश्चात दजाकोटबासिले नियमित पानी उपभोग गर्न पाएका थिएनन् । हाल साविकको वडागाउँ गाविस वडा नम्बर ३ मा पर्ने नुरखोलाबाट बगेको दुषित पानी उनीहरुले उपभोग गर्दै आएको छन्तेलले बताएका छन् ।

Last modified on 2019-04-26 08:18:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts