चार वर्षमा कहाँ पुग्याे स्वास्थ्य संस्था पुनर्निर्माण ?



Download our app to get more features

काठमाडौं १२ वैशाख  । ०७२ को भूकम्पले भत्काएका स्वास्थ्य संस्था चार वर्षसम्म पनि अझै पुरा हुन सकेका छैनन् । 
सो विनाशकारी भुकुम्प  र त्यसपछिका पराकम्पनले एक हजार १ सय ९७ भन्दा बढी स्वास्थ्य संस्थामा पनि क्षति पुर्याएको थियो ।

ति मध्ये ३ सय स्वास्थ्य संस्था पूर्ण रुपमा ध्वस्त भएका थिए । तर, यो भूकम्प गएको चार वर्ष बितिसक्दा पनि स्वाथ्य सस्थाको पुर्ननिर्माण अझै सुस्त देखिन्छ । 

स्वाथ्य क्षेत्रको पुर्ननिर्माण हेर्दा हालसम्म २ सय ७२ मर्मत भएका छन् । ४ वटा पक्कि भवन निर्माण भएका छन् ।

२८ स्वास्थ्य संस्था बन्ने क्रममा छन् । १० स्वास्थ्य संस्था भने योजना तर्जुमाकै चरणमा छन् ।

४२ नयाँ भवन बन्ने क्रममा छन् । पूर्ण रुपमा क्षति भएको वीर अस्पतालको पुरानो भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

भूकम्पछि स्वास्थ्य संस्थाको निर्माणका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संघसस्थासँग ३ सय ६७ वटा नया भवन बनाउने सम्झैता भएको थियो । तर, त्यो पनि सम्झौता अनुसार काम हुन सकेको छैन । 

काठमाडौको प्रसुति गृहको पुरानो भवन पनि पुननिर्माण हुन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । 
अबको डेढ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको प्रवक्ता श्रेष्ठले बताए । 

त्यसैगरी, नुवाकोट अस्पताल कोरीयन सरकारको सहयोगमा पुननिर्माणको काम भइरहेको छ ।

सिन्धपाल्चोकको अस्पताल चाईना सरकारले बनाउने  योजनामा पुरानो भवन भत्काउने क्रममै छ । गोरखा, रसुवा रामेछापको अस्पताल जर्मन सरकारको सहयोगबाट बनाउने टेन्डर प्रक्रिया मात्र पूरा भएको छ ।

क्षति पुगेका ३ सय १८ संस्थाको संरचना पुनर्निमाण दुई बर्षभित्र  सम्पन्न गर्ने योजना मन्त्रालयको थियो । तर, भुकम्प गएको ४ बर्ष पुग्दा समेत स्वास्थ्य संस्थाको पुननिर्माणको कामले पनि गति लिन सकेन ।   
 

Last modified on 2019-04-26 08:18:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts