मुटु रोगको सहज उपचारका लागि युसिएसमा क्याथल्याब संचालन



Download our app to get more features

रुपन्देही १३ वैशाख । युनिभर्सल मेडिकल कलेजले मुटु रोगका बिरामीलाई लक्षित गर्दै क्याथल्याब संञ्चालनमा ल्याएको छ । यसअघि मुटुरोगको सामान्य उपचार र डाइग्नोसिस मात्र हुने गरेकोमा अब मुटुको थप उपचार समेत हुने अस्पतालले जनाएको छ ।  

प्रदेश नं ५ का समाजीक विकास मन्त्री शुदर्शन बरालले बिहीबार यस प्रविधिको उद्घाटन गरेका हुन् । 

अस्पतालले मुटुरोगको उपचारमा महत्वपूर्ण मानिने क्याथल्याब सञ्चालनका लागि जर्मन प्रविधिको सिमेन्स कम्पनीका उपकरण ल्याएको बतायो ।  

यसका लागि अस्पतालले ७ करोड थप लगानी गरेको अस्पतालका मानव संसाधन तथा लेखा प्रबन्धक कमल ढकालले बताए ।

उनका अनुसार क्याथ ल्याबबाट मुटुको एन्जियोग्राफी, एन्जियोप्लास्टी गर्ने र पेसमेकर राख्ने काम हुन्छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कैलाशचन्द्रले भने ‘अस्पतालमा यो सेवा नहुँदा बुटवल, काठमाडौं जानुपर्ने अवस्था थियो, अब यहीबाट सो सेवा उपलब्ध हुने भएपछि समयमै मृटुरोगका बिरामीले सेवा पाउने भएका छन् ।’ 

मुटुरोगकै उपचारका लागि काठमाडौको गंगालाल मुटुरोग अस्पतालसँग समेत सहकार्य गरेर अघि बढ्ने तयारी समेत भइरहेको  डा. कैलाशचन्द्रले बताए ।

Last modified on 2019-04-28 06:25:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts