सिद्धबाबा अस्पतालद्वारा एकवर्षमा २० हजारको उपचार, ओपिडी सेवामा ७० प्रतिशतसम्म निःशुल्क



Download our app to get more features

रुपन्देही १३ वैशाख । बुटवलस्थित सिद्धबाबा सुपरस्पेशालिटी इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरले एक बर्षमा २० हजार भन्दा बढीलाई सेवा दिएको छ। 

सेन्टरले सेवा दिएकामध्ये ओपिडिमा मात्र ७० प्रतिशतको निशुल्क उपचार गरेको अस्पतालका प्रमुख डा. नेत्र रानाले जानकारी दिए ।

सेन्टर स्थापना भएको पहिलो वार्षिकोत्सव कार्यक्रममा डा. रानाले मुटु, मिर्गौला, प्रशुति हाडजोर्नी लगायतका सेवा अस्पतालले दिँदै आइरहेको बताए ।

उत्कृष्ट सेवा दिने उद्देश्यसहित विशेषज्ञ चिकित्सकद्वारा संञ्चालन गरिएको अस्पतालले गाउँ–गाउँमा पनि  विशेषज्ञ सहितको सेवा उपलब्ध गराएको डा. रानाले बताए । 

उनले गुल्मी, अर्घाखाची, कपिलबस्तु, दाङ, रुपन्देही जिल्लाका विभिन्न ठाउँमा  निःशुल्क विशेषज्ञ सेवा  दिएको  उल्लेख गरे । 

डा. रानाले भने ‘२४ वेडको आईसीयु र सिसियु सहित  विभिन्न विशेषज्ञ सेवा उपलब्ध रहेको यो अस्पताल खुलेपछि जटिल रोगको उपचारका लागि काठमाडौं/भरतपुर धाउनुपर्ने अवस्था छैन ।’

‘गरिबले पनि स्वास्थ्यको पहुँचबाट टाढा भएर उपचार सम्भव रोगबाट समेत मृत्यु सहनु पर्ने भयावह अवस्थालाई मध्यनजर गरेर सेवा दिइएको छ’, उनले थपे ।

अस्पतालमा ओपिडी, २४ सै घण्टा इमरर्जेन्सी, फार्मेसी, प्याथोलोजी, प्रसुती सेवा, आईसियू, सि.सि.यु सुविधा सम्पन्न एसि सहितको जनरल वार्ड लगायत अन्य सेवा सुविधाहरु रहेको डा.राना बताउँछन् ।  

अस्पतालमा मुटु रोग विशेषज्ञ डा. दिपेश प्रधान, मृगौला रोग विशेषज्ञ डा. शक्ति वस्नेत, मस्तिष्क तथा स्नायु रोग विशेषज्ञ डा. संजिव कुमार शाह, दम, छाति तथा फोक्सो रोग विशेषज्ञ डा. यमन चन्द प्रधान, स्त्री रोग तथा प्रसुति रोग विशेषज्ञ डा. रजिना श्रेष्ठ प्रधान, रेडियोलोजी डा. नेत्र राना हाडजोर्नी स्सपाइन सजन डा.योगेन्द्र अग्रहरी लगायतका का चिकित्सक रहेको अस्पतालले जनाएको छ ।

यससँगै  अत्याधुनिक नयाँ प्रविधिको समेत प्रयोग गरिएको अस्पताल बताउँछ ।  

अस्पतालका संञ्चालक  डा शक्ती बस्नेतले मृगौलाको उपचार गर्नकै लागी अब काठमाडौं धाइरहनु पर्ने आवश्यकता नभएको दाबी गरे । 

तर, मृगौलाको उपचार गर्नु भन्दा पनी यसको रोकथाममा जानुपर्ने उनको भनाई छ । ‘सिद्धबाबा हस्पिटलले मृगौला रोगको उपचारका अलवा जनचेतना फैलाउने काम पनि निरन्तर गर्दै आइरहेका छौं’, डा. बस्नेतले भने ।

अस्पतालका दम, छाति तथा फोक्सो रोग विशेषज्ञ  डा. यमन चन्द प्रधानले धूम्रपान मद्यपान धुँवा धुलो खानपिनको कारणले दम रोग लाग्ने हुनाले  सचेत हुनु आग्रह गरे ।

अस्पतालका प्रशासकिय  प्रमुख प्रकास न्यौपानेले अस्पतालले बिशेषज्ञ सेवा दिने भएको कारणले पनि बिरामीको चाप बढेको स्पष्ट पारे ।  

अस्पतालका अध्यक्ष रमेश श्रेष्ठले अस्पताल सुरु गरेको एक बर्षमा  नाफा नभई सेवाको भावनाले काम गरेको बताए ।

५ चिकित्सक सहित  एक उद्योगीको १५ करोड भन्दा बढीको लागनीमा अस्पताल सुरु गरेको  अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

Last modified on 2019-04-26 15:33:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts