रुघाखोकी प्रभावित क्षेत्रमा कर्णाली सरकारले पठायो औषधि र चिकित्सक



Download our app to get more features

सुर्खेत, १५ वैशाख । कर्णाली प्रदेश सरकारले मौसमी रुघाखोकी प्रभावित हुम्लाको ताजाकोट गाउँपालिकामा हेलिकोप्टरमार्फत औषधि र चिकित्सक पठाएको छ । 
नेपाली सेनाको हेलिकोप्टरबाट आइतबार बिहान औषधि र चिकित्सक पठाइएको हो । 

प्रदेशका सामाजिक विकासमन्त्री दल रावका अनुसार संघीय सरकारको समन्वयमा चिकित्सक र औषधि पठाएको हो ।

अब छिट्टै नै त्यहाँको समस्या समाधान हुने उनको भनाइ छ । मन्त्रालयले पठाएको टोलीमा प्रदेश स्वास्थ्य निर्देशनालयका डा. टेकराज भट्टराई, डा. केएन पौडेल र केशव अधिकारी, एक जना प्यारामेडिक्स, निर्देशनालयका कर्मचारी श्याम आचार्य र ल्याब टेक्निसियन सहभागी छन् ।

उनीहरुले आजैबाट उपचार सुरु गरेको जनाइएको छ । टोली केही दिन प्रभावित क्षेत्रमै रहने छ । 
करिब तीन सातालेखि फैलिएको मौसमी रुघाखोकीले हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने तीन सय भन्दा बढी बिरामी भएका छन् । 
 

Last modified on 2019-04-29 15:44:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts