काठमाडौंमा सबैभन्दा बढी गर्भपतन, मनाङ र रुकुममा शुन्य



Download our app to get more features

काठमाडौं, १६ वैशाख । स्वास्थ्य विभागका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा देशका ७७ जिल्ला मध्ये काठमाडौंमा सबैभन्दा धेरै महिलाले गर्भपतन गराएका छन् ।

विभागको तथ्याङ्कअनुसार काठमाडौं मुलुककै सबैभन्दा बढी गर्भपतन गराउने जिल्ला हो ।

यो अवधिका काठमाडौंमा ११ हजार आठ सय १६ महिलाले गर्भपतन गराएको विभागले तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्अनुसार प्रदेश ३ मा गर्भपतन गराउनेको कुल संख्या भने २५ हजार चार सय ६२ रहेको छ ।

पूर्वी रुकुम र मनाङ जिल्लामा भने गर्भपतन गराउनेको संख्या शुन्य रहेको तथ्याङकमा उल्लेख छ । 

यसैगरी, प्रदेश १ मा सबैभन्दा बढी गर्भपतन गराउने जिल्ला झापा रहेको तथ्याङ्मा उल्लेख छ ।  झापामा तीन हजार एक सय ८० ले गर्भपतन गराएका छन् ।

उक्त प्रदेशमा कुल १५ हजार आठ सय ५४ ले गर्भपतन गराएको आर्थिक वर्ष ०७४/०७५ को तथ्याङ छ ।

प्रदेश २ मा कुल गर्भपतन गराउनेको संख्या ६ हजार तीन सय ११ छन् । प्रदेश २ मा सबैभन्दा बढी गर्भपतन गराउने जिल्लामा सिरहा हो । यस जिल्लामा १९ सय ८३ ले गर्भपतन गराएको प्रतिवदेनले जनाएको छ । 

प्रदेश ४ मा गर्भपतन गराउनेको कुल संख्या १३ हजार नौ सय ३७ रहेको छ । यहाँ सबैभन्दा बढी गर्भपतन गराउने जिल्ला कास्की हो ।

कास्कीमा मात्रै पाँच हजार १७ जनाले गर्भपतन गराएको तथ्यांङमा उल्लेख छ । 

प्रदेश ५ मा गर्भपतन गराउनेको कुल संख्या १८ हजार चार सय ६३ रहेको छ  । तथ्याङअनुसार सो प्रदेशमा रुपन्देही सबैभन्दा बढी गर्भपतन गराउने जिल्ला हो । यस जिल्लामा गर्भपतन गराउनेको संख्या चार हजार पाँच सय ५३ रहेको छ । 

कर्णाली प्रदेशमा सबैभन्दा बढी गर्भपतन गराउने जिल्ला सुर्खेत हो । यहाँ दुई हजार नौ सय ५० जनाले गर्भपतन गराएको तथ्याङकले देखाउँछ ।

प्रदेश ६ मा गर्भपतन गराउनेको कुल संख्या भने पाँच हजार पाँच सय ५५ रहेको छ ।

तथ्याङअनुसार प्रदेश ७ मा १३ हजार ५८ जनाले गर्भपतन गराएका छन् । सो प्रदेशमा कैलाली सबैभन्दा बढी गर्भपतन गराउने जिल्लामा रहेको छ ।

यस जिल्लामा चार हजार चार सय ८३ संख्याले गर्भपतन गराएका तथ्याङकमा उल्लेख छ ।

यसरी तथ्याङकका आधारमा सबैभन्दा बढी गर्भपतन गराउने जिल्लामा प्रदेश ३ पहिलो स्थानमा छ ।

प्रदेशअनुसार सबैभन्दा कम गर्भपतन गराउने कर्णाली प्रदेश रहेको छ ।

नेपालमा गर्भपतन गराउनेको कुल संख्या ९८ हजार ६ सय ४० रहेको तथ्याङकले देखाएको छ । 

Last modified on 2019-04-30 14:35:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts