बच्चाको मृत्युपछि कान्ति बाल अस्पतालमा तनाव, डाक्टरलाई हातपात गरेको आरोपमा मृतकका बुवा पक्राउ



Download our app to get more features

काठमाडौं, १८ वैशाख । कान्ति बाल अस्पतालमा बच्चाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । ज्वरो बढेपछि उपचारको लागि बुधवार बिहान साढे सात बजे अस्पताल पुर्याइएका सातवर्षीय बालक अंकित खत्रीको निधन भएको हो । खत्रीको करिव १२ बजे मृत्यु भएको उनका आफन्तले जानकारी दिए ।

काठमाडौ सुन्धारामा बस्ने खत्रीलाई ज्वरो आएपछि अस्पताल पुर्याएको आफन्तको भनाइ छ । अस्पतालले बच्चालाई आइसियुमा नराखेका कारण मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । बच्चालाई आइसियुमा राख्नुस् भनेर डाक्टरलाई भन्दा सामान्य अवस्था छ भन्दै डाक्टरले आइसियुमा राख्न नमानेको पीडितका आफन्त ललित बहादुर वलीले जानकारी दिए ।

खत्रीको मृत्यु पछि आक्रोशित बनेर चिकित्सकलाई हातपात गर्न तम्सिएका मृतकका बुबालाई प्रहरीले प्रकाउ गरेर लगेको छ । डाक्टरलाई हातपात गरेको भन्दै अस्पताल प्रशासनले प्रहरी बोलाएर उनलाई पक्राउ गरेको हो । मृतकको आमापनि बेहोस अवस्थामा रहेको परिवारजनले बताए । यस विषयमा थप बुझ्न खोज्दा अस्पतालका निर्देशक डा. गणेश राईको फोन सम्पर्क हुन सकेको छैन ।

Last modified on 2019-05-02 16:03:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts