यसकारण दुख्छ ढाड र कम्मर (भिडियोसहित)



Download our app to get more features

वृद्धवृद्धा मात्रै होइनन् ढाड वा कम्मरको दुखाइले पछिल्लो समय धेरै किशोरकिशोरी समेत पीडित बनिरहेका छन् । पहिले पहिले यस्तो दुखाई ढल्कदो उमेरमा मात्र देखापर्छ भन्ने गरिन्थ्यो तर अहिले जुनसुकै उमेर समूहमा यो विकराल समस्या बनिरहेको छ । विशेषगरी कामको प्रकृति, खानपान, जीवनशैलीका कारण ढाड र कम्मरको दुखाइ आमसमस्या बनिरहेको बताउँछन् डा. रुद्र मरासिनी । यो समस्यालाई कसरी नियन्त्रणमा राख्ने र यस्तो समस्या आउन नदिन के गर्ने भन्ने विषयमा डा. मरासिनीको भनाइ यस्तो छ :-

ढाड वा कम्मर दुख्ने भन्नाले मेरुदण्ड र कम्मरमा रहेको मांशपेसी, नशा हाड वा अन्य संरचनाको दुखाई हो । यसको दुखाइ सुरुमा धेरैले बेवास्ता गर्छन् सोही कारण सुरुको सामान्य समस्या पछि गम्भीर बन्छ । हुनत अधिकांश मानिसको ढाड र कम्मरको दुखाइ सामान्य किसिमकै हुन्छ । तर अन्य रोगको कारण यस्तो दुखाई भएको छ भने गम्भीर प्रकृतिको हुन पनि सक्छ । 
ढाड वा कम्मर दुख्ने कारण यस्ता छन् ः

  •  मांशपेसी तन्किएर हुने स्प्रेन, मांशपेसीको गडबडी तथा बाउँडिदा ढाड दुख्छ ।
  • अप्ठयारो पोजिसनमा बस्दा वा सुत्दा ।
  • कुनै गाह्रौ वा धेरै तौल भएको वस्तु उचाल्दा ।
  • विभिन्न प्रकारको भिटामिन, मिनिरल्स्को कमी ।
  • एकै ठाउँमा धेरै समय बसेर काम गर्नु । 
  • अग्लो हिल लगाउँनु । 
  • धेरै बाक्लो लचिलो डस्नामा सुत्नु ।
  • लामो समय बिरामी हुनु ।
  • हर्निया, डिजेनेरेटिभ डिक्स, स्पोन्डाइलोलिस्थेसिस, अस्टियो आथ्र्राइटिस, लम्बर स्पाइनल स्टेनोसिस, क्यान्सर, दुर्घटनामा लागेको गहिरो चोट आलिे पनि दुखाइ हुन्छ । 

लक्षण:
कोही व्यक्तिलाई यसको कुनै लक्षण नै नदेखिकन समस्या आउनसक्छ भने यस्तो दुखाइ के कारणले भएको हो सोही अनुसार फरकफरक लक्षण देखिन्छ । तर सामान्यतया यस्ता लक्षण देखिन्छन् । 

  • १ देखि ३ महिनासम्म दुखाईको महसुस हुन्छ तर यो आफै निको हुन्छ । 
  • केही काम गर्दा ढाड वा कम्मर दुख्छ तर त्यस्तो दुखाइ केही समय पछि निको हुन्छ ।
  • ढाड वा कम्मरमा मन्द दुखाइ हुन्छ । 
  • सुतेर उठ्दा पनि ढाड वा कम्मर दुख्न सक्छ । 
  • कहिलेकाही सहनै नसक्ने गरी दुख्छ ।

बच्ने उपाय :

  • सुताई वा बसाईको सन्तुलन मिलाउने । धेरै कडा वा धेरै नरम ओछ्यानमा नसुत्ने ।
  • शरीरलाई बढी भार पर्ने कुरा एक्कासी नउचाल्ने । 
  • लामो समय एकै ठाउँमा बसेर काम नगर्ने । काम गर्दा एक एक घण्टामा एकछिन उठेर यताउता चलमलाउने । 
  • लामो यात्रा गर्दा पनि बीचबीचमा आराम गर्ने । 
  • शरीरलाई आवश्यक पर्ने सन्तुलित खाना खाने । 
  • नियमित व्यायम गर्ने । 
  • तौल नियन्त्रण गर्ने । 
  • तनाव नलिने । 
  • बढी दुखाइ भए र लामो समय रहे स्वास्थ परीक्षण गराउने  र के कारणले दुखेको हो सो रोगको उपचार गर्ने । 

भिडियो हेर्नूहोस्:

Last modified on 2019-08-13 15:59:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts