सरकारको नीति तथा कार्यक्रम

टोलटोलमा नागरिक आरोग्य कार्यक्रम हुने, महिलाको निःशुल्क क्यान्सर परीक्षण गरिने



Download our app to get more features

काठमाडौं, २० बैशाख । सरकारले सबै टोलटोलमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

शुक्रवार संघीय संसदको संयुक्त सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगमी वर्षको नीति तथा कार्यक्रममा आरोग्य कार्यक्रम सञ्चालन हुने घोषणा गरिएको हो । स्वस्थ नागरिक, स्वस्थ समाज, स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र उपभोगको अवधारणालाई कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

सरकारले यसअघिको वर्षझैं आयुर्वेद, पञ्चकर्म, युनानी, योग तथा प्राकृतिकि चिकित्सा लाई विशिष्टिकृति सेवा दिने व्यवस्था मिलाउने जनाएको छ । यो वर्षपनि यी पद्धतीलाई कसरी मूल प्रवाहमा ल्याउने भन्ने ठोस योजना भने बनेको छैन । 


महिलाको निःशुल्क स्तन र पाठेघरको मुख जाँच, खोप अभियान
सरकारले आगामी वर्ष महिलाहरुमा हुने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर रोकथाम र न्यूनिकरण गर्न भन्दै निःशुल्क स्वास्थ्य शिविर एवं परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यस्तै महिलालाई हुने क्यान्सरलाई रोकिदिने खोप अभियान गरिने पनि नीति तथा कार्यक्रममार्फत जनाइएको छ ।

सिक्कल सेल एनिमिया रोकथाम गर्न विशेष कार्यक्रम
राष्ट्रपति भण्डारीले संसदमा पेश गर्नुभएको आगामी वर्षको नीति तथा कार्यक्रममा पश्चिम तराईमा समस्याको रुपमा रहेको सिक्कल सेल एनिमिया रोकथाम गर्न विशेष कार्यक्रम सञ्चालन गरिने भनिएको छ । त्यस्तै लामखुट्टेको टोकाईबाट सर्ने रोगहरुको रोकथामका लागि प्रभावकारी कदम चाल्ने पनि सरकारको कार्यक्रममा उल्लेख छ । 

Last modified on 2019-05-04 08:26:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts