बर्ड फ्लुबाट कसरी जोगिने ?



Download our app to get more features

बर्ड फ्लूबाट एकजना विरामीको मृत्यु भएको समाचार आएसंगै आम सर्वसाधारणमा यसबारेमा त्रास फैलिएको छ ।

नेपालमा बर्ड फ्लूको कारण मृत्यु भएको पहिलो बिरामी भनिएको कारण पनि अब यसले महामारीको रुप पो लिनेहो कि वा आफुलाई पनि सर्ने हो कि भन्ने डर जनमानसमा देखिनु स्वभाविक हो ।

विश्वमा सबैभन्दा पहिला यो रोग सन् १९७८ मा पंक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको थियो । य

सले थाइल्यान्ड, बङ्गलादेश, इन्डोनेसिया आदि देशमा महामारी फैलाएको र ठूलो जनधनको क्षति गराएको छ ।  नेपाल बर्डफ्लूको सङ्क्रमण भेटिएको विश्वको ६६ औँ मुलुकमा पर्छ ।

सन २००९ मा पहिलो पटक झापामा बर्ड फ्लू देखिएको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न ठाउँमा रहेको फार्महरुका कुखुराहरु यसबाट संक्रमण हुँदै आएका छन । मानिसमा देखिएको भने यो पहिलोपटक भएको दावी गरिएको छ ।

के कारणले लाग्छ बर्ड फ्लू ?
पंक्षीहरु, मुख्यत संक्रमित कुखुरा, हाँस, टर्की, जंगली चराचुरुङ्गी आदिबाट मानिसमा सर्ने यस रोग एचवान एनवान भाइरसको कारणले लाग्ने गर्दछ ।

संक्रमित पंक्षीहरुको मासु, प्वाँख, र्याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट आदिको सम्पर्कबाट यो रोग मानिसमा सर्दछ । संक्रमित मानिसबाट स्वस्थ मानिसमा भने यो रोग सर्ने सम्भावना ज्यादै न्यून हुन्छ । 

लक्षणहरु के के हुन ?
पंक्षीबाट सर्ने भएकाले यो रोगको लक्षणहरु सुरुमा चराचुरुङ्गीहरुमा देखिने गर्छ । कुखुरा, हाँस लगायतका पंक्षीहरु असामान्य रुपमा बिरामी हुनु र मर्नु यसको सबैभन्दा सुरुको लक्षण हो ।

त्यसैगरी ती पंक्षीहरुलाई लरबराउने, सिउर, लोती र खुट्टा वैजनी रङ्गको हुने, अन्डा कमलो हुने, खान नखाने, पखाला लाग्ने, टाउको सुनिने, नाखबाट सिँगन झर्ने, खोक्ने लगायतका समस्या देखिएमा पनि बर्ड फ्लूबाट संक्रमण भएको हुन सक्छ ।

संक्रमित पंक्षीहरुसंग लामो समयसम्म सम्पर्कमा रहिरहने ब्यक्तिहरु जस्तै फार्म संचालक, मासु बेच्ने पसलमा काम गर्ने व्यक्तिहरुमा यो रोग सर्न सक्ने सम्भावना बढी हुन्छ ।
अरु इन्फ्लुएञ्जा भाइरसबाट लाग्ने फ्लू जस्तै बर्ड फ्लूको संक्रमणबाट देखिने लक्षणहरु पनि उस्तै हुन्छन ।

केही लक्षणहरु यसप्रकार छन्
ज्वरो आउने
रुघाखोकी लाग्ने
घाँटी दुख्ने
आलश्य हुने
मांसपेसीहरु दुख्ने
स्वासप्रस्वासमा समस्या आउने

परिक्षण कसरी गर्ने ?
पंक्षीहरुसंग लामो समय सम्पर्कमा रहने व्यक्तिलाई माथी उल्लेखित समस्याहरु देखिएमा तुरुन्त नजिकैको अस्पतालमा गएर परिक्षण गराउन सकिन्छ ।  

रोगको लक्षण बर्ड फ्लूको जस्तो देखिएमा बिरामीको र्याल, थुक, र घाँटीको स्वाबको परिक्षण गर्न सकिन्छ । यसको जाँचको निम्ति विशेष प्रविधि चाहिने हुनाले नेपालमा यो परिक्षणको नमुना शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र पठाइन्छ ।

उपचार 
बर्ड फ्लू लागेको यकिन भएमा यसको उपचार तुरुन्त सुरु गरिहाल्नपर्छ । एन्टी भाइरल औसधिहरुको प्रयोग र बिरामीलाई अरु स्वस्थ मानिसबाट टाढा राख्नु यसको मुख्य उपचारविधि हो ।

बर्ड फ्लू लागेका बिरामीहरुमध्य लगभग आधा भन्दा बढीको मृत्यु हुने विभिन्न अध्ययनहरुले देखाएका छन । त्यसैले रोग लागेसी उपचार गर्नुभन्दा रोग लाग्न नदिनुनै बुद्दीमानी हुन्छ । 

बर्ड फ्लूबाट कसरी बच्ने ?
यो रोग पोल्ट्रीमा काम गर्ने, मासु व्यवसाय गर्ने मानिसहरुलाई लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले यसमा काम गर्ने व्यक्तिहरुले विशेष सावधानी अपनाउन पर्छ ।

फार्ममा कुखुरा वा पंक्षीहरुमा कुनै समस्या देखिएमा, धेरै संख्यामा मरेमा भेटेनरी चिकित्सकलाई देखाएर के भएको हो यकिन गराइहाल्नुपर्दछ ।

त्यस्तो समस्या देखिएमा कुखुराको नजिकै जादा मास्क, पन्जा आदिको प्रयोग गर्नुपर्छ ।

मासु व्यवसाय गर्नेले पनि मरेको वा विरामी कुखुराको मासु बिक्रीवितरण गर्न हुदैन । 
कुखुरा वा अन्य पंक्षीको मासु राम्रोसँग पकाएर मात्र खानपर्छ । 
रोगको संक्रमण देखिएको समयमा बाहिर हिड्दा माक्सको प्रयोग गर्ने, घर आएपछी साबुन पानीले हात धुने गर्नुपर्दछ ।
 

Last modified on 2019-05-04 20:31:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts