लामो उमेर चाहनुहुन्छ ? जीवनसाथीलाई राख्नुहोस् खुशी



Download our app to get more features

लामो उमेर र राम्रो स्वास्थ्यको लागि खुशी हुनु निकै महत्वपूर्ण हुन्छ भनेर तपाईंले सुन्नुभएको होला । तर, हालै गरिएको एक अध्ययनमा लामो उमेरका लागि तपाईं मात्रै खुशी भएर हुँदैन तपाईंसँगै हुने तपाईंको जीवनसाथी पनि खुशी हुनु आवश्यक रहेको सार्वजनिक गरिएको छ । 

नेदरल्याण्डको टिलबुर्ग यूनिभर्सिटीमा अनुसन्धानकर्ता ओल्गा स्तावरोवाका अनुसार, यस अध्ययनमा व्यक्तिको स्वास्थ्यमाथि उसको वरपरको सामाजिक माहोलको प्रभावलाई दर्शाउने गरेको छ । ‘साइकोलोजिकल साइन्स’ नामक पत्रिकामा प्रकाशित अध्ययनका अनुसार जुन व्यक्तिको जीवनसाथी सक्रिय जीवन जीउने गर्छन्, उनको स्वयंको जीवनशैली पनि सक्रिय रहने सम्भावना बढि हुन्छ । 

स्तावरोवाले भने, ‘यसैगरि यदि तपाईंको जीवनसाथी अवसादग्रस्त अर्थात् तनावमय र साँझको समय टिभीको अगाडी बसेर चिप्स खान मन पराउँछन् भने तपाईंको साँझ पनि यस्तै हुन्छ ।’ स्तावरोवाले अमेरिकाको ४४ सय दम्पतिमाथि यो अध्ययन गरे जसको आयू ५० वर्षभन्दा बढि थियो । 

तथ्याङ्क संकलन गरिएको शुरुवातको आठ वर्षपछि करिब १६ प्रतिशत सहभागिको मृत्यु भयो । जसको मृत्यु भयो उनीहरु जीवित सहभागिको तुलनामा वृद्ध, कम शिक्षित, कम धनी, शारीरिक रूपले कम सक्रिय र खराब स्वास्थ्य अवस्था भएका थिए । उनीहरु जीवित सहभागिको तुलनामा सम्बन्ध र जीवनमा पनि कम सन्तुष्ट थिए र उनको जीवनसाथी पनि जीवनसँग कम सन्तुष्ट थिए । अध्ययनमा जो व्यक्तिको जीवनसाथी अध्ययनको सुरुवातमा सन्तुष्ट थिए उनको मर्ने खतरा अपेक्षाकृत रुपमा कम थियो । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-05-06 14:59:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts