राज्यमन्त्री नेपालीद्वारा स्वास्थ्य स्थितिबारे जानकारी

मन्सी पटेलको स्वास्थ्य स्थितिबारे विशेष चासो

What's This?


Download our app to get more features

फागुन २५, वीरगन्ज । उद्योग राज्यमन्त्री मेघराज नेपालीले आज नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज गई त्यहाँ उपचार गराइरहनुभएका मन्सी पटेलको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभयो ।

नेपालको संविधान, २०७२ मा प्रदेश विभाजन र सीमाङ्कनको विषयलाई लिएर मधेसकेन्द्रित विभिन्न राजनीतिक दल र सङ्घ सङ्गठनले आयोजना गरेको आमहडतालको समयमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट उनी वीरगन्जको माईस्थानमा असोज ३ गते गम्भीर घाइते भएका थिए ।

पर्सा बगही निवासी पटेल गोली लागेर घाइते भएपछि सुरुमा वीरगन्ज, त्यसपछि काठमाडौँ र अहिले पुनः वीरगन्जमा उपचार गराइरहेका छन् । आर्थिक अभावका कारण स्तरीय उपचार गराउन नसकेको पटेलका आफन्तले जनाएका छन् ।

सो अवसरमा राज्यमन्त्री नेपालीले पटेलको उपचारका लागि आफ्नोतर्फबाट रु ६ हजार नगद सहयोग गर्नुका साथै अझ स्तरीय उपचारका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै राज्यमन्त्री नेपालीले वार्ता र संवादको माध्यमबाट मधेस र मधेसी समस्याको निकास निकाल्न वर्तमान सरकार तयार रहेको बताउनुभयो ।

उहाँले नेपाली काग्रेसको महाधिवेशनपछि सरकार परिवर्तन हुने कुरा हल्लामात्र भएको जिकिर गर्दै मधेसको विकास निर्माणमा सरकार प्राथमिकतासाथ जुटिरहेको छ भन्नुभयो ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts